दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहारा महिला समाजको १७ औं वार्षिक साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार ९:०२

काठमाडौं । साहारा महिला समाजको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा उद्घाटन सत्रपछीको वन्द सत्रले ७ सदस्यीय नयाँ समिति समेत चयन गरेको छ । विना दाहालको अध्यक्षतामा बरिस्ठ उपाध्यक्ष एलिसा सुवेदी,उपाध्यक्ष प्रतिमा ईटनि ,चन्द्र रसाईली सचिवमा सावित्री बस्नेत कोषाध्यक्षमा देवि माया थापा सदस्य राधिका सलामी कार्यालय प्रमुख शिव घिमिरे,कार्यालय सह सचिव सचिना गौत्तम रहेको नयाँ समिती सर्वसम्मत चयन गरिएको हो ।

साधारण सभाको उद्घाटन प्रमुख अतिथि तथा वरिष्ठ समाजसेवी सुविर खनालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा समाजसेवी खनालले संस्थामा बसेर ठाउँ ओगट्ने मात्र होईन संस्थाको विधान अध्ययन गरेर संस्थालाई देश विदेशमा चिनाउनको लागी काम गर्न सबै कार्यसमिति तथा साधारण सदस्यहरलाई आग्रह गर्नु भयो । समाजसेवा निस्वार्थ भावनाले गर्नु पर्ने साथै आवश्यक्ताको पहिचान गरी कार्य गर्न सबैमा उहाँले अनुरोध गर्नु भयो । साथै संस्था कुन हालतमा चलेको छ भन्दै सबैलाई प्रश्न समेत गर्नु भयो । संस्थामा बसे पछि सबैले मिलेर कार्य गर्न र निस्वार्थ अगाडी बढ्न सल्लाहा दिदै संस्थालाई आवश्यक्ता पर्दा जतिबेला पनि आफुले सकेको सहयोग गर्ने तथा पहल गर्ने कार्यमा लाग्ने प्रतिवद्धता पनि उहाँले जनाउनु भएको थियो ।

उद्घाटन शत्रको शुरुवातमा संस्थाकी उपाध्यक्ष एलिसा सुवेदीले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । त्यस्तै संस्थाकी अध्यक्ष विना दाहालले संस्थाको हालसम्मका उपलब्धिहरु, चुनौतीहरु तथा अनुकरणीय अभ्यासका बारेमा प्रस्तुती गर्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि सुविर खनाल, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ,अतिथीहरु विनोद सुवेदी, भुपेन्द्र राम श्रेष्ठ, कृष्ण प्रसाद भेटुवाल, राम समुन्द्र शाही,द्धारिका केसी, देवी सुवेदी लगायत अतिथिहरुले आ आफ्नो भनाई राख्नुभएको थियो ।उद्घाटन शत्रमा अतिथिहरुलाई प्रमुख अतिथि खनालद्धारा सम्मानपत्र सहित सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नेहरुमा समाजसेवी देवि सुवेदी, विमला खड्का, कल्पना लामा, भुपेन्द्र राम श्रेष्ठ,कृष्ण प्रसाद भेटुवाल, राम समुन्द्र शाही र सोमराज त्रिपाठी हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरु, समाजसेवीहरु, पत्रकारहरु लगायतको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रम पश्चात सम्पुर्ण उपस्थीत प्रमुख अतिथि तथा अतिथिहरु लगायत संस्थाका दिदीबहीनिहरुलाई तिजको दर खान दिई नाचगान सहित रमाईलो गरी कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त सम्पूर्ण कार्यक्रमको संचालन संस्थाकी उपाध्यक्ष एलिसा सुवेदीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु