दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मस्तिष्क पक्षाघात भएका युवा तथा बालबालिकाहरूका लागि खेलकुद क्रियाकलाप सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार २१:१७

२७ भदौ २०८० शर्मिला विश्वकर्मा, ललितपुर
मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने एक सामाजिक संस्था हो । यस संस्थाले यस्ता अपाङ्गता भएका बालबालिकाहरूका लागि काम गर्ने क्रममा यही भदौ २५ र २६ गते धापाखेलमा मस्तिष्क पक्षाघात भएका युवा तथा बालबालिकाहरूका लागि खेलकुद क्रियाकलाप सम्पन्न गरेको छ । नेपाल अस्ट्रेलिया अल्मुनाई संघ ANAA र अस्ट्रेलियन राजदूतावासको संयुक्त साझेदारीमा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले आयोजना गरेको सो खेलकुदमा ह्वीलिचयर दौड, क्रिपिङ् रेस ( बामे सर्ने ) र बोसिया खेल खेलाइएको थियो । उक्त खेलकुदमा ५६ जना मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका र युवाहरूले भाग लिएका थिए ।

यस खेलकुद कार्यक्रमको समापनका क्रममा हिजो भदौ २६ गते कार्यक्रमका प्रमुख अतिथि एवं अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क HE Felicity Volk ले सम्पूर्ण खेलाडीहरूलाई मेडल लगाउँदै हौसला प्रदान गर्नु भयो । यसै क्रममा उहाँले यस्ता खेलकुदहरूमा सहभागी गराउँदा मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका तथा युवाहरूमा र अभिभावकहरूमा पनि उत्साह जाग्ने, प्रेरणा मिल्ने र यी बालबालिकाहरूले पनि आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न पाउने हुँदा समय समयमा यस्ता क्रियाकलापहरू गराउनु पर्ने बताउनु भयो । साथै उहाँले अस्ट्रेलियन सरकारले अपाङ्गता समावेशिताको कार्यक्रमहरूमा सक्रियताका साथ सहभागी हुँदै आएको र आवश्यक सहयोग पनि गरेको भन्दै यी बालबालिकाहरूलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

त्यसै गरी नेपाल अस्ट्रेलियन अल्मुनाइ संघ ANAA का अध्यक्ष अनन्त पौडेलले अपाङ्गतालाई कमजोरीसँग तुलना गर्न नहुने भन्दै उनीहरूको अवस्था तथा क्षमताको पहिचान गरी यस्ता खेलकुद लगायतका विभिन्न क्रियाकलापहरूमा सहभागिता गराउनु पर्ने र मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूका लागि आगामी दिनमा पनि सहकार्य गरी काम गर्ने बताउनु भयो ।

यसै क्रममा मस्तिष्क पक्षाघात स्वावलम्वलन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिलमान सिंह प्रधानले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूको क्षमता प्रस्फुटन
तथा मनोरञ्जनका लागि यो दुई दिने खेलकुदको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले अभिभावक र बालबालिकाहरूमा पनि मनोबल बढाउन, मनोरञ्जन दिन र स्वस्थ रहनको लागि पनि यस्ता खेलकुदका कार्यक्रमहरूले सहयोग गर्ने भएकोले यस्ता क्रियाकलापहरू सञ्चालन गरिएको बताउनु भयो ।

सो खेलकुद कार्यक्रमको समापनका क्रममा सुन्दर ढोका सेवाका अपाङ्गता समावेशी अधिकृत (Disability Inclusion Officer) रजुना सिं ले यो कार्यक्रम मस्तिष्क पक्षाघात स्वावलम्वन समूह नेपाल, नेपाल अस्ट्रेलियन अल्मुनाई संघ ANAA र अस्ट्रेलियन राजदुतावासको संयुक्त आयोजनामा पब्लिक डिप्लोम्याटिक ग्रण्ड Public Diplomatic Ground मार्फत गरिएको र कुनै पनि खेलकुद तथा कार्यक्रमहरूमा बहु तथा जटिल अपाङ्गतालाई प्राथमिकताका साथ सहभागी गराउने उद्देश्यले यो खेलकुद कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो क्षमता अनुसार खेलकुदमा सहभागिता भएर क्षमता प्रदर्शन गर्न सक्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी मस्तिष्क पक्षाघात स्वावलम्वन समूह नेपालकी भेकेशन युनिटका कक्षा शिक्षक तथा खेलकुद प्रशिक्षक संगिता प्रधानले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूमा पनि विभिन्न क्षमता हुने हुँदा उनीहरूको यो क्षमता प्रस्फुटन गर्न, मनोरञ्जन दिन र अभिभावकको तथा यी बालबालिकाहरूको पनि आत्मबल बढाउनका लागि यो २ दिने खेलकुद कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु