नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

फेसियल हाउसले भव्य रुपमा मनायो महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २८ गते, बिहीबार ११:५५

काठमाडौं । फेसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन । कार्यक्रममा उनले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफुपनि सुन्दर हुन फेसियल हाउस आउने गरेको स्मरण गरिन् ।

कार्यक्रममा फरक प्रसंगमा उनले फेसियल हाउसमा सीसि क्यामेरा राख्नु गलत नभएको धारणा राखनि । त्यो सेवाग्राही कै लागी उपयोगी हुने धारणा राखिन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जब सम्म आर्थिक रूपका सशक्तीकरण हुदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । उनले राम्रो काम गर्नेको पक्षमा आफु सँधै रहने गरेको जानकारी गराइन । उनले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफुसँधै फेसियल हाउसका साथमा रहेको बताइन् ।

कार्यक्रममा कर्पोरेट खबरका सञ्चालक उज्जवलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए । अहिले निजी क्षेत्रलाई चौतर्फी रुपमा गिराउने कोशिस भईरहेको समेत जानकारी गराए । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशको रुपमा बदल्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चा‌ैधरीले आफु सँस्कृती जोगाउन सँधै लागी पर्ने बताए । उनले आफुले जेलमा बसेको बेलामा पनि गीत गाउने गरेको जानकारी गराए । कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि खुलासा गरे । नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रूपैयाँ पैसा भएको खुलासा गरे ।

कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बितिकै महिलाहरू व्यस्त हुने गरेको बताइन् । उनले फरक प्रसंगमा महिलाको दुश्मन महिला नै हुने गरेको बताइन् ।

उनले देशमा अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताइन् । उनले आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् ।

उक्त कार्यक्रम चाबहिलको केएल टावरमा आयोजना भएको थियो । कार्यक्रममा राप्रपाका नेता पशुपतिशमशेर जबरा भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्री रञ्जिता चौधरी ,फेसियल हाउसका सञ्चालक सुषमा महरा, कर्पोरेट खबरका सञ्चालक उज्जललजंग शाह , नेपाल उद्योग वार्णजय महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, तथा महिलाहरूको उपस्थिति थियो । कार्यक्रममा फेसियल हाउसले मन्त्री चौधरी र उनको श्रीमान तथा नेउपाका नेता रेशम चौधरीलाई पुरस्कार दिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु