दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्डको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २९ गते, शुक्रबार ६:३१

काठमाडौ ।आयोजक ग्रिनल्यान्डले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित ग¥यो । त्यस्तै, किङडमले फ्लोरोसेन्टलाई १९–११, फेरिल्यान्डले इबीएलाई १८–११, गोल्डेनपिकले युनिभर्सिटीलाई ३०–२२, हिमरश्मीले बीएमसीएलाई १७–११, एन्जल्स हार्टले पारामाउन्टलाई १६–१४ र बीएनएले एलएनएलाई २५–१५ ले हराए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ ले बीएनएलाई ४०–३५ तथा स्कोलर्स होमले ग्रिनल्यान्ड ‘बी’ लाई ४०–३३ ले पाखा लगाए ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले एलएनएलाई २२–१७ तथा केभीकेएसएसले हिमालयलाई ३६–२६ ले पन्छाए । प्रतियोगिताको ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, भाइस प्रिन्सिपल विनोद घिमिरे र संस्थापक रमेश पन्थीले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु