परिषद्को बैठक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २९ गते, शुक्रबार ०६:३४

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक विहिवार बसेको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ औ एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ । २९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो । यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ । लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु