तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गोल्डेनगेटको तीनै टोली प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३० गते, शनिबार ६:२२

गोल्डेनगेटको ‘ए’, ‘बी’ र ‘सी’ तीनै टोली नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डेनगेटसंगै जेभियर इन्टरनेसनल र सीसीआरसीको ‘ए’ र ‘बी’ टोली तथा नामी, क्याम्पियन, ओमेगा ‘ए’, जेम्स, ट्रिनिटी, प्रिमियर, ट्रिटन, ग्रिनफिल्ड र मनास्लु वल्र्ड कलेज पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
नेपाल बास्केटबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको गल्र्समा रातो बंगला, नामी, इन्साइट भिजन, एस, जेभियर इन्टरनेसनल ‘बी’, गोल्डेनगेट, जेम्स ‘बी’ र साइपाल एकेडेमी क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीन स्थान हात पर्ने टिमले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । प्रतियोगिता आइतबारसम्म जारी रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु