शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

मुकेश र राममायालाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार ०६:१५

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन् ।संस्थाको ५० औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पाल र महिलातर्फ बुढाले स्वर्ण पदक हात पारे ।
पालले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे । पुरुषतर्फ सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्ड सहित दोस्रो र श्रीकास राई १८ मिनेट ३५ सेकेन्ड सहित तेस्रो भए ।
महिलातर्फ बुढाले निर्धारित दुरी २१ मिनेट ५० सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी पूर्णलक्ष्मी न्यौपानेले २१ मिनेट ५७ सेकेन्ड र तेस्रो भएकी सिर्जना पाण्डेले २३ मिनेट ०७ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । दुवै स्पर्धाका स्वर्ण विजेताले मेडल सहित समान १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे लगायतले पुरस्कृत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु