शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

नेपाली ई–स्पोर्ट्स खेलाडीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार ०६:२५

नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले १९ औं एसियाली खेलकुदमा सहभागि हुने नेपाली खेलाडीका निम्ति एक दिने अभिमुखीकरण कार्यक्रम ओलम्पिक भवन, सातदोबाटोमा आयोजना गरेको छ ।

चीनको हाङझाओमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुने एसियाली खेलकुदमा ई–स्पोर्ट्सका सात खेल (विधा) समावेश गरिएको छ र त्यसमध्ये पा“च खेलमा नेपालका २३ खलाडी सहभागि हुदैछन् । भच्र्युअल रुपमा खेलिने ई–स्पोर्ट्सलाई एसियाली खेलकुदमा पदक खेलको रुप्मा पहिलोपल्ट समावेश गरिएको हो । त्यसैले पिस एलिटको रुपमा समावेश पब्जी मोबाइलसहित एरिना अफ भेलोर, ड्रिम थ्री किङडोम्स, डोटा र फिफा (ईफुटबल) मा हाङझाओ जाने नेपाली खेलाडीलाई एसियाली खेलकुदको महत्व, राष्ट्रको प्रतिनिधित्व गर्दा हुने गौरव र यसमा पालना गर्नुपर्ने अनुशासनलाई लिएर नेसाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा ११ औं दक्षिण एसियाली खेलकुद २०१० मा उसुमा स्वर्णपदक जितेका आङबाबु लामा र महिला चेसमा पहिलो राष्ट्रिय चेस च्याम्पियन मोनालिशा खम्बूले ओलम्पिकपछिको सबभन्दा प्रतिष्ठित् बृहत् खेलकुदमा सहभागि हु“दाका आ–आफ्ना अनुभव बा“डेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का कोषाध्यक्षसमेत रहेका लामाले सन् २०१० मा ग्वान्जाउ, चीन र २०१४ मा इन्चोन, दक्षिण कोरियामा भएका एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । नेपाल चेस महासंघकी उपमहासचिव रहेकी खम्बू २००६ मा दोहा, कतार तथा २०१० मा ग्वान्जाउ, चीनमा भएका एसियाली खेलकुदमा सहभागि भएकी थिइन् । उनीहरूले खेलमा केन्द्रित हु“दै खेलाडीले व्यक्तिगत जीवनलाई पनि अनुशासित राख्न आवश्यक भएको बताएका थिए ।
त्यस्तै, ब्याडमिन्टन एसियाका सिर्टिफाइड अम्पायर दीपक थापाले एसियाली खेलकुदजस्ता ठूला र प्रतिष्ठित् प्रतियोगितामा खेलाडीहरूले एथलेटि भिलेजमा के–कसो गर्छन् भनी सूक्ष्म रुपमा हेर्ने भएकाले खेलाडीको अनुशासन र व्यवहारमा देशको प्रतिष्ठाको सवाल जोडिएको हुने र त्यसमा ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताए । सन् २०१६ मा ब्राजिलको रियो डे जेनेरियोमा भएको समर ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गरेका उनले उत्कृष्ट प्रदर्शनको लागि विपक्षी खेलाडीको उक्साहटबाट पनि जोगिन सुझाव दिए । पत्रकार राजु घिसिङले ठूला प्रतियोगितामा मिडियामा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सम्बन्धमा खेलाडीले ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी दिए ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मिहिनेतसाथ ई–स्पोर्ट्समा नेपालको सहभागिता र सबभन्दा ठूलो टिमबारे निर्णय गरिएको उल्लेख गर्दै १९ औं एसियाली खेलकुदमा पदक जित्ने आशा राखेको बताए । नेसाका अध्यक्ष्ँ सरज डंगोलले ई–स्पोर्ट्समा नेपालले राम्रो गरिरहेको जनाउ“दै हाङझाओमा पनि पदक जितेर आउने विश्वास व्यक्त गरे । कार्यक्रममा उनले खेलाडीहरूलाई एसियाली खेलकुदको एक्रिडिटेसन कार्ड पनि वितरण गरे । यसपालि एसियाली खलकुदमा चीन प्रवेशका निम्ति एसियाली खेलकुदको एक्रिडिटेसन कार्डलाई भिसाको रुपमा मान्यता दिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु