शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

माइलस्टोनद्वारा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार ११:५८

काठमाडौं । शैक्षिक क्षेत्रमा विशेष परिवर्तन ल्याउने अभिप्रायले स्थापना भएको संस्था एडुगार्डेनको संयोजन र माइलस्टोन युथ इङलिस स्कुलको आयोजनामा परिवर्तनको लागि शिक्षकहरुलाई उत्प्रेरणा (Teachers’ Motivation for Transformation) कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको कलंकीमा अवस्थित खाँडादेवी फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा सम्पन्न सो कार्यक्रममा रामकोट, काठमाडौंमा संचालनमा रहेको माइलस्टोन युथ इङलिस स्कुलका शिक्षक-शिक्षिकाहरुको प्रत्यक्ष सहभागीता रहेको थियो।

एडुगार्डेनका प्रमुख महेश घर्ती सहितको उपस्थिति रहेको कार्यक्रम प्रशिक्षक तथा शैक्षिक परामर्शदाता अशोक कुमार दाहालको प्रशिक्षणमा संचालन भएको थियो। कार्यक्रम संयोजक बिन्दु गिरिले आफ्नो मन्तव्य सहित सहभागी सम्पूर्णलाई स्वागत गर्नुभयो।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विद्यालयका संस्थापक तथा प्रधानाध्यापक शिवराम गिरिले यस्ता कार्यक्रमहरु विद्यालयमा बेलाबखतमा भइरहेको र यसले पनि थप उल्लेखनीय भुमिका खेल्ने बताउनुभयो।

विद्यालयको संचालक समितिका अध्यक्ष बिनय गिरिले विद्यालयमा अभिभावक मुख्य केन्द्रमा रहने भएकोले अभिभावकको कुरालाई केन्द्रमा राखेर अघि बढनुपर्ने बताउनुभयो।

संस्थापक तथा सहायक प्रधानाध्यापक दिनेश अधिकारीले शिक्षकहरुले जान्नै पर्ने कुराहरु उक्त कार्यक्रमबाट सिक्ने अवसर प्राप्त गरेकाले प्रशिक्षक अशोक कुमार दाहाललाई धन्यवाद दिनुभयो।

साथै शिक्षकहरुको तर्फबाट लेखापाल हरिशरण गिरिले पहिले जानकारी नै नपाइएका विषयवस्तुमा रहेर धेरै कुरा सिक्न पाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

अत: एडुगार्डेनले देशव्यापी रुपमा शैक्षिक परामर्श, तालिम तथा स्कुल ब्रान्डिङ प्रोजेक्ट संचालन गर्दै आइरहेको छ। यसबाट सयौं संस्थागत तथा सामुदायिक विद्यालय लाभान्वित भइसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु