दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शंकर देव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकाश गरिने— कानुन मन्त्रि गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार १८:०७

काठमाडौँ, ३० भाद्र – शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाज (SDC Alumni) को तेस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले शंकर देव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकाश गर्न आफ्नो सक्दो सहयोग रहने बताए ।
शंकर देव क्याम्पस म्यानेजमेन्टको पायोनियर कलेजमा रुपमा रहेको बताए । काठमान्डौ प्रदेशसभाका सांसद तथा पुर्व मन्त्रि दिपेन्द्र श्रेष्ठले शंकर देव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रुपमा विकाश गर्नका लागि प्रदेश सरकार संग जग्गा उपल्ब्ध गराउन तथा आबश्यक पुर्वाधारका हरेक विषयमा सहयोग रहने बताएका थिए । मन्त्रि गुरुङले पनि सांसद दिपेन्द्र श्रेष्ठले राखेका विषयमा पुर्ण सहयोग रहने बताएका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य सचिब लिलामणी पैडेलले शंकर देव क्याम्पसलाई पायोनियर स्वायत्त कलेज बनाई बिश्व बजारमा ब्यावस्थापनको पायनियर कलेजका रुपमा बिकाश गर्नुपर्ने अबधारणा राखेका थिए । उनले आफुपनि संकरदेव क्याम्पसको पुर्व विद्यार्थी भएको र पूर्व विद्यार्थी समाजले गरेका हरेक गतिबिधिमा नजिक रहेर सहयोग गरिरहेको बताए ।
शंकर देव क्याम्पसका पुर्व सभापति शुभराम बस्नेतले पूर्व विद्यार्थी समाज शंकरदेवका अध्यक्ष राजिब विक्रम थापाको नेतृत्वमा भबन निर्माण देखी कोभिडको समयमा पहिलो कलेजका रुपमा अनलाईन टिचिङ व्यवस्था तथा बिद्यार्थीहरुलाई विभिन्न कम्पनिमा इन्टर्नको ब्यवस्था गरी म्यानेजमेन्टमा अब्बल कलेको रुपमा स्थापित गर्न सहयोग गरेको बताए ।
उक्त कार्यक्रममा पुर्ब मन्त्रि तथा साम्सद ह्दयराम थानी, पुर्ब साम्सद नवराज सिलवाल, प्रदेशसभाका सांसद तथा पुर्व मन्त्रि दिपेन्द्र श्रेष्ठ, पुर्व मुख्य सचिब लिलामणी पैडेल, पुर्व स्ववियू सभापति शुभराम बस्नेत, स्ववियू सभापति सुसान्त बस्नेत तथा क्याम्पस प्रमुख कृष्ण आचार्यले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
साधारणसभाको बन्दसत्रमा पूर्व विद्यार्थी समाज शंकरदेवका अध्यक्ष राजिब विक्रम थापाले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष कन्हैया भक्त राजभण्डारीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा बिधान संसोधनका लागि पेस गरेको प्रतिबेदन पनि सर्वसहमतिमा पास गरेको थियो । कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी समाज सदस्य अञ्जना अर्यालले गर्नुभएको थियो ।

शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाज (SDC Alumni)को तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा राजिव कुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आज शंकर देव क्याम्पसमा सम्पन्न साधारणसभाबाट थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको हो ।
शंकर देव क्याम्पसमा बसेको साधारणसभाले सचिवमा कन्हैया भक्त राजभण्डारी, कोषाध्यक्षमा अन्जना अर्याललाई निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा शुभराम बस्नेत, प्रकाश महर्जन, अमृत कुमार पन्थी, सन्तोष गुरुङ्ग, रजन के.सी., शिव पाठक, अन्जित खड्का र राजेश पाठक निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा. सजिव कुमार श्रेष्ठले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु