शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

अर्थतन्त्र चलायमान बनाउन नयाँबसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार २०:२९

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ ।

नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मलका महाप्रबन्धक अमर निरौलाले नयाँबसपार्कलाई आवश्यक सुरक्षा दिएर २४ सै घण्टा सञ्चालन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

“मुलुकको राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्, यसमा राज्यले आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्छ,”–उहाँले भन्नुभयो । नयाँबसपार्कबाट हाल देशभरका ६० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत हुँदै आएका छन् ।

काठमाडौँ महानगरपालिकासँग सम्झौता गरी विस २०५४ सालदेखि लोत्से बहुउदेश्यीय प्रालिले सञ्चालन गरेको नयाँ बसपार्कबाट हाल देशभर दैनिक ५०० भन्दा बढी सार्वजनिक बस तथा माईक्रोबस आवतजावत गर्दै आएका छन् ।

महाप्रबन्धक निरौलाले सरकारले विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरेजस्तै नयाँबसपार्कलाई समेत सञ्चालन गर्नसके मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कान्तिपुर मलले विगत १६ वर्षदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजनासमेत सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मलले रु एक हजारभन्दा बढी रकमको सामान खरीद गर्ने ग्राहलाई उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।

उक्त पुरस्कार आगामी मङ्सीर ११ गते खोलेर विजयी घोषणा गरिने मलले जनाएको छ । विस २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु