शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

“ज्ञानेदय स्कुलमा तीज कार्यक्रम सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १ गते, सोमबार १६:४२

भाद्र- ३१, काभ्रे, हरितालिका तीज २०८० को शुुभ अवसरमा पाँचखाल – २ अवस्थित ज्ञानाेदय स्कुलले हरितालिका तीजको अघिल्लो दिन अर्थात दर खाने दिन विद्यालयमा नियमित रुपमा सञ्चालनमा रहेको दिवा खाजालाई दर खाने कार्यक्रममा रुपान्तरण गरी दर खाने कार्यक्रम सञ्चालन गरेको जानकारी विद्यालयका प्र.अ. मेघनाथ अधिकारीले जानकारी गराए।

हरेक चाडपर्वको जानकारी गराउन र रितिरिवाज सिकाउन विद्यालयले कार्यक्रम आयोजना गर्ने गरेको कुरा शिक्षक माधब नेपालले जानकारी गराए । यस पटक स्कुलमा तीज पर्वको कार्यक्रम अन्तर्गत नाचगान कार्यक्रम सञ्चालन गर्दै परापूर्वकाल देखि चलि आएको परम्परालाई निरन्तरता दिई तीज विशेष कार्यक्रम सम्पन्न गरिएको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए।

आजभोलि तिजलाई हाम्रो मौलिक परम्पराभन्दा पनि तडकभडक तरिकाले मनाउन थालिएकोले अब यसलाई समयमै कन्ट्रोल गरिएन भने यो बिकृतीको रुपमा फैलिन सक्ने हुन्छ । यसले गर्दा अब विशेष गरि विद्यालयमा विद्यार्थीहरुलाई हाम्रा मौलिक चाड पर्वको बारे राम्रोसँग बुझाउन सक्ने हो भने हामी हाम्रा रितिरिवाज, चाडपर्व, धर्म, संस्कृती र परम्परा सदा बचाइ राख्न सक्ने छौँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु