शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

लायन्स क्लबद्धारा निःशुल्क आँखा शिविर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १ गते, सोमबार १६:४९

काठमाडौ ।मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी ४०३ जनाहरुले आँखा जाँच गराएका थिए ।
तिलगंगा आँखा अस्पतालका अनुभवी चिकित्सकहरुले आँखा जाँच गरेका थिए । साथै निःशुल्क औषधी वितरण पनि गरिएको थियो ।
सहयोगी महिला जागरण मञ्चले व्यवस्थापन गरेको उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल्स गरी ७ वटा क्लबहरुले संयुक्त रुपमा सहयोग गरेका थिए ।

निःशुल्क आँखा शिविर कार्यक्रमलाई निरन्तरता दिँदै अब अर्को कार्यक्रम काभ्रे जिल्लाको स्कुल खोपासीमा गर्ने योजना रहेको जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने हामी सेवामा तल्लीन छौं, अब छिटो नैं काभ्रे जान्छौं ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको स्वास्थ्यर्लाइ लक्षित गरी कार्यक्रम गरिएको निःशुल्क आँखा जाँच शिविरमा लायन्स क्लब इन्टरनेसनल ३२५ जेका सिनियर लायन्स लिडरहरु पनि उपस्थित थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु