शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २ गते, मंगलवार १८:४८

काठमाडौं ।राष्ट्रिय बास्केटबल लिग नेपाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सन्चालन हुँदैछ। राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय बास्केटबल नेपाल, लिग नेपाल बास्केटबल संघ अन्तर्गत नेपालको शीर्ष स्तरको बास्केटबल लिग हो जुन लिगका आधारमा ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डनगेट इंटरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इंटरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सभागीगता जनाउने छन्। राष्ट्रिय बास्केटबल लिग नेपालका सबै खेलहरू कान्तिपुर टिभी र येस्क भिभिन्न मध्यममा (Youtube Channel, Kantipurtv.com) प्रसारण गरीनेछ । एनबीएल नेपालका खेलहरू एकल राउण्ड रोबिन ढाँचामा खेलाइनेछ। लिगको विजेताले ५ लाख र उपविजेताले २.५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक सहभागी क्लबले तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको मोस्ट भ्यालुएबल प्लेयर (MVP) ले रु ३,००० र समग्र लिगको MVP ले रु ५०,००० प्राप्त गर्नेछ। राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय बास्केटबल लिगलाई प्रवद्र्धकको रूपमा समर्थन गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा लिगका लागि कभर्डहलको कोर्टको मर्मत भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु