एनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ: आर के शर्मायस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?

रग्बी खेलाडी यशोदालाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ३ गते, बुधबार ०८:५६

नेपाल राष्ट्रिय खेलाडी कल्याणकारी कोषले रग्बी खेलाडी यशोदा बोहरालाई उपचार खर्च वापत ५ लाख रुपैयाँ मंगलबार प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल रग्बी संघका प्रशासकीय अधिकृत बासुदेव घिमिरेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । यशोदा हाल साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु