आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ३ गते, बुधबार १५:४२

काठमाडौं, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । महासंघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । कार्यक्रम आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताइएको छ । वीरजंग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए ।
‘आजीवन क्रान्तिका लागि तत्पर रहनुहुने एक क्रान्तिकारी योद्धा वीरजंगको स्मृतिमा हामीले यो प्रतियोगिता आयोजना गर्न गइरहेका छौं,’– महासंघका महासचिव विनोद चन्दले भने । नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताले खेलाडीहरुको बृिद्ध विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन थप योगदान पुग्ने विश्वास महासंघले लिएको छ । उक्त प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको बताइएको छ । प्रतियोगिता सफल बनाउन आ–आफ्नो ठाउँबाट साथ र सहयोगका लागि महासंघले आग्रह गरेको छ ।
कार्यक्रमका वक्ता अञ्जन साही ठकुरीले वीरजंग स्मृति पुरुष भलिबल प्रतियोगिता नेपालको सर्वाधिक धनराशीको प्रतियोगिता भएको बताए । भलिबलको विकासका लागि यो प्रतियोगिताले एउटा ईटा थप्ने उनले विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष जयनन्द चन्दले खेलाडीको व्यक्तिगत जीवनमा पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले पुरस्कार बढाएर राखेको बताए । प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ ।
साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ । उक्त प्रतियोगिताको जम्मा पुरस्कार राशी नौ लाख ५० हजार रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु