आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

प्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ४ गते, बिहीबार १८:३९

काठमाडौ ।काठमाडौं महानगरपालिका वडा नं ४ धुम्रबाराहीमा अवस्थित प्रोलिफिक मा.विमा भाद्र ३१ गते देखि आयोजना गरेको छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा Mount Glory Int’l स्कुलले प्रथम स्थान हासिल गर्यो भने Green Field स्कुलले द्वितीय स्थान हासिल गरेको थियो र New Knowledge स्कुलले तृतिय पुरस्कार स्कुलले हासिल गरेको थियो । उक्त टुर्नामेन्टमा स्कुलका खेलाडी अमृत बस्याल उच्चतम गोलकर्ता भएका थिए भने उपेन्द्र बोहरा सर्बोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए ।

सोही प्रतियोगितामा सर्बोत्कृष्ट गोलरक्षकका रुपमा का गोलरक्षक सुजन धर्ती मगर पुरस्कृत भएका थिए । फुटसल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २०,००० ट्रफी, मेडल, दृतीय पुरस्कार नगद रु १०,००० ट्रफी, मेडल, तृतीय पुरस्कार नगद रु ५००० ट्रफी, मेडल, सर्टिफिकेट तथा उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्चतम गोलकर्ता लाई रु २००० हजारका दरले नगद, ट्रफी, मेडल, सर्टिफिकेट प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम २०८० ०५ ३० गतेबाट सञ्चालन भई असोज ०३ गते समापन भएको थियो । पुरस्कार बितरण समारोहका प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनको उपस्थिति रहेको थियो र बिशेष अतिथिमा काठमाडौं महानगरपालिकाका विद्यालय निरिक्षक मोतिराम खनाल रहनुभएको थियो । कार्यक्रम उक्त विद्यालयको संचालक समिति सदस्य भावना खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समापन समारोहमा सभाध्यक्षको भुमिकामा रहनुभएका उक्त विद्यालयका प्रिन्सीपल गोपाल महतले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सद्भाव राख्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दे कार्यक्रम मत्रीपूर्ण र भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सम्पूर्ण अतिथिलाई आभार व्यक्त गर्नुभयो र यस्ता प्रतियोगिताहरु प्रोलिफिक मा.विले आगामी दिनमा निरन्तर भईरहने कुरा व्यक्त गर्दे कार्यक्रम समापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा रेफ्रिको भूमिकामा नेसनल रेफ्रि हरिश कार्की, नेसनल रेफ्रि रबिन बुढाथोकी, र बिद्यालयका रोशन श्रेष्ठ रहनुभएको थियो ।
प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको खेल व्यवस्थापक सरोज न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमको संयोजक त्यसै बिद्यालयका शिक्षक धीरेन्द्र शाहीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु