आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

विश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ५ गते, शुक्रबार ०८:००

नेपाल डेरी एसोसिएसनले ” ९ औं विश्व विद्यालय दुध दिवस” विद्यालय तहमा खुल्ला कविता प्रतियोगिता गरि मनाउन लागिएको छ ।

सो कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त सहकार्यमा नेपाल डेरी एसोसियसनले आयोजनामा गर्न लागेको हो। प्रतियोगिता विद्यालय तहका (कक्षा ३ देखि १० सम्म) क विद्यार्थी विच खुल्ला कविता प्रतियोगिता वाचन गरि सञ्चालन हुने जानकारी नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले गराए।

यस्ता कार्यक्रमले बालबालिकाको चौतर्फी विकासका लागि सहयोग पुग्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन ठूलो सहयोग पुग्ने कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।

यो कार्यक्रमले बालबालिकालाई दुध तथा दुग्ध पदार्थको बारे जानकारी हुनेछ । विद्यालय तहका विद्यार्थीहरुका लागि दूध तथा दुग्ध पदार्थको महत्व बारे जानकारी गराउने, दुधको महत्व बुझाउँदै बालकदेखि बृद्धअबश्थामा रहनु भएका सबैलाई दुध तथा उपभोग बढाउने उदेश्यका साथ यो कविता प्रतियोगिता आयोजना गरिएको हुँदा विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी हुन नेपाल डेरी एसोसिएसनले अनुरोध गरेको छ । एसोसिएसनले आफ्ना मातहतका सवै स्थानीय तह, जिल्ला र प्रदेश समितिलाई विभिन्न कार्यक्रम गरि विश्व विद्यालय दुध दिवस मनाउन निर्देशन गरिसकिएको जानकारी एसोसिएसनका केन्द्रिय सदस्य एवं यो कार्यक्रमका संयोजक शिब घिमिरेले जानकारी गराए ।

एसोसिएसनका अध्यक्ष दाहालका अनुसार विश्व विद्यालय दुध दिवस”, प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्व भर मनाइन्छ । यो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने रहेको छ र सबै बालबालिकाहरुलाई दुधको महत्व बुझाइ दुध तथा दुग्ध पदार्थबाट कोहि पनि बन्चित नहोस् भनि यो विश्व विद्यालय दुध दिवस मनाउन शुरु गरिएको पाइन्छ । यो वर्ष सेप्टेम्बर महिनाको २७ तारिकमा यो दिवस परेको छ । विश्व विद्यालय दुग्ध दिवस पहिलो पटक विश्व स्वास्थ संगठनले सेप्टेम्बर महिना सन् २००० बाट मनाउन शुरु गरेको इतिहास पाइन्छ । त्यस समयदेखि याफएओ ( FAO) द्वारा यो दिवस प्रवर्द्धन गरिँदै आएको छ । अहिले वार्षिक कार्यक्रमको रूपमा विश्वव्यापी मान्यता प्राप्त भएको छ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेका अनुसार नेपालमा २०७२ सालदेखि नेपाल डेरी एसोसिएसनले पहिलो बिश्व स्कुल दुध दिवस काभ्रेको पाँचखालमा रहेको श्री गणेश माध्यामिक बिद्यालयबाट शुरु गरि अहिलेसम्म हरेक वर्ष मनाउँदै आइरहेको छ । हाल सबै सरोकारवाला निकायहरु मिलेर विश्व विद्यालय दुध दिवस मनाइने गरिएको छ । यस वर्षको कार्यक्रम निम्नानुसार रहेको जानकारी एसोसिएसनले गराएको छ ।

प्रतियोगितासम्बन्धी जानकारी:
१. कविताको विषय दुध, मोही, खीर, पनिर जस्ता दुग्ध जन्य बस्तुसँग सम्बन्धित हुनुपर्ने छ ।
२. समय ५ मिनेटको रहने छ ।
३. निर्णायकको निर्णय अन्तिम हुने छ ।
४. प्रतियोगितामा विजयी ५ जनालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
५. सहभागीलाई खाजाको व्यवस्था हुने छ ।
६. दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन ।
७. एउटा विद्यालयबाट बढिमा दुईजना विद्यार्थीले भाग लिन सक्ने छन् ।
८. २०८० असोज ८ गतेसम्म विद्यार्थीको नाम दर्ता गरिसक्नुपर्ने छ ।
९. अन्य थप केही जानकारी चाहिएमा ९८५१०९५१२७ मा कल गरि जानकारी लिन सक्नु हुनेछ ।

कार्यक्रम :
कार्यक्रम हुने मिति : २०८०। ०६। ०९
कार्यक्रम हुने स्थान : राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवनको सभाहल
समय : बिहान १०ः३०
सम्पर्क : ०१५४४२७४१, ०१५२६९६०५,९८४१४२२८४३, ९८४१३४६४७०

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु