आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ५ गते, शुक्रबार १६:००

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो । सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्दृेशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भन्नुभयो ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ’ ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु