डिशहोम फाइवरनेटको “कनेक्सनको दोब्बर उत्सव” अफर सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार २१:२८

काठमाडौं । डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि “कनेक्सनको दोब्बर उत्सव” अफरको सुरुवात गरेको छ । यो चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनेछन् ।

यो अफर अन्तर्गत हाम्रा ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन्नुर भन्नेमा कम्पनीले विश्वास लिएको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु