सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

नेपाली कांग्रेसलाई शक्तिशाली पार्टी बनाउन गम्भीर निर्णय लिन युवराज बस्ताकोटीको सुझाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार २१:३२

काठमाडौं ,असोज ६: अनवरत संघर्षरत कांग्रेस नेता तथा बुद्धिजीवी युवराज बस्ताकोटीले कांग्रेसको सबै तहका समिति विघटन गरेर , नयाँ तरिकाले शुन्यबाट अगाडि बढे मात्रै नेपाली कांग्रेसले ४०% मत लिन सक्ने बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेर केन्द्रीय नेताहरूलाई ट्याग गरेर महत्त्वपूर्ण ११ सुझाव दिएका छन् । उनले लेखेका छन्, “कांग्रेस सुधार्न ( ४०% मत लिन सकिने) नगरी नहुने केही स्टेप :
सार्वजनिक रुपमा मेरा प्रस्तावका विषयहरु :
१) नेपाली कांग्रेसले वैचारिक राजनीति र वैचारिक व्यक्तित्वलाई सम्मान गरेर उपयोग गर्ने।
२) पार्टी भित्र बढि प्रयोग हुने यी ५ शब्द तत् समय बाहेक प्रयोग नगर्ने : प्रतिनिधि , पावर, पद, प्रतिष्ठा र पैसा ( द५ प) लाई पछाडि राख्ने ।
३) हाल रहेका सम्पूर्ण समिति विघटन गरेर , नयाँ रिनासा ( पुनर्ताजगी ) सहित शुन्यबाट अगाडि बढ्ने।
४) पार्टीको आफ्नो ठोस नीति ,सिद्धान्त र कार्यक्रम ,प्रष्ट पारेर नव पुस्तामा समेत पुग्ने गरि आम चेतना फैलाउने।
५) हामीले प्रयोग गर्दै आएको पार्टीको स्कुल ( प्रशिक्षण ) फिटिक्क‌ै प्रभावकारी देखिदैन । अत: नयाँ स्कुल ( प्रशिक्षण र अनुसन्धान विधि) सञ्चालन गर्ने र ठोस केही आशा जाग्ने खालको दिने।
६) जनजिविका, नागरिकका दैनिक सवाल , विकास नीति, सांस्कृतिक संरक्षण लगायतका विषयमा कांग्रेस दृष्टि प्रष्ट पारेर ,व्यवहारमा अगाडि बढाउने।
७) कृषि ,उद्योग र व्यापार क्षेत्र तहननहस भएको छ । यसका बारे कांग्रेस अभियान( CCAIC) ल्याउने
८) जनताको मन जित्ने कार्यक्रमका खाका हामीसँगै छन्, तिनका लागि पार्टीको नेतृत्व अग्रसर भएर , अवसर दिदै पार्टीको पुनजागरण गर्ने
९) पार्टी भित्र विचार समुह, साधरण कार्यगत तथा विषयगत समानताका आधारमा सकारात्मक गुट हुनु स्वभाविक हुन् । तर असल मानिसलाई सक्न वा आउन नदिन वडा देखि केन्द्र सम्म फैलिएका गिर‍ोह अन्त गर्न,भगवान पशुपतिनाथ , भगवान बुद्ध ,प्रकृति देव साक्षी राखेर गिरोह अन्त गर्ने प्रण गर्ने ।
१०) पार्टीको विधानमा गम्भीर कमजोरी भएकोले महाधिवेशन प्रतिनिधि प्रणाली खारेज गरेर , सम्भव भए सहि तरिकाले कृयाशील ( स्वघोषणा मार्फत) ले मत दिने नभए पालिका, क्षेत्र , जिल्ला समितिमा निर्वाचित सदस्यले मत दिन पाउने व्यवस्था गर्ने । १५ वर्ष कृयाशील पुगेका जोकोही जुनसुकै समितिमा उमेदवार बन्न पाउने व्यवस्था गर्ने ।
११) नेपाली कांग्रेस पार्टी भएकोले NGO/ INGO/ ठेक्का कम्पनी जस्तो व्यवहार हुने गरेको देखिन्छ । सामान्य रुपमा यो पार्टीमा ” म” भन्दा “हामी सबै” सोच्नु पर्ने हुन्थ्यो । कुनै व्यक्तिको विचार सबैभन्दा महत्त्वपूर्ण हुने गर्थ्यो । सो पुनःस्थापना गर्न Soft Skill Training दिएर/ लिएर मात्रै सदस्य बन्ने ,व्यवस्था गर्ने ।
नोट : P2P अनुसन्धान र TforPandSC सञ्चालन गर्ने ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु