भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

विआरआईको महँगो शर्तमा विकसित देशहरुलेजसरी नेपालले ऋण लिन सक्दैन्: डा. पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ७ गते, आईतवार १९:१८

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । तेस्रो पटक प्रधानमन्त्री बनको करिब १० महिनापछि प्रचण्ड छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् । अन्य मुलुकको भ्रमणभन्दा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई विशेष चासोका रूपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्डले यसक्रममा विभिन्न सम्झौतासमेत गर्ने आँकलन गरिएको छ ।

साथै, चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई विशेष महत्व दिइएको छ । पूर्वाधार विकास परियोजना भनेर सुरु भएको विआरआईलाई अहिले सामाजिक, सांस्कृतिक परियोजनाका रुपमा समेत लिन थालिएको छ । यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, विआरआई परियोजनाको औचित्य, कार्यान्वयन र नेपाल–चीन सम्बन्ध सुदृढीकरण लगायतका विषयमा विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले अहिले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको बताए । उनले नेपालले एक रुपैयाँका सामान चीन पठाउँदा तीन सय ४० रुपैयाँको सामान चीनबाट आयात गरिरहेको आँकडा पेश गरे । उनले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा त्यहाँको बजारमा नेपाली उत्पादनको उपस्थिति हुने खालका सम्झौताहरु गर्न आवश्यक रहेको औंल्याए ।

चीनसँग पहिला–पहिलापनि व्यापारसम्बन्धित थुप्रै सम्झौताहरु भएको बताउँदै उनले ती सम्झौतालाई अध्यावधिक गरेर आगाडि बढ्न आवश्यक रहेको बताए । नेपालले चिनियाँ लगानी ल्याएर नेपाली कच्चा पदार्थको प्रयोग गरी चीनको बजारमा नेपाली उत्पादनलाई प्राथमिकतामा राख्न सकिने वातावरण निर्माण गर्न सकेको खण्डमामात्रै चीनसँगको व्यापार घाटा कम गर्न सकिने उनको भनाई छ । विआरआईमार्फत् पूर्वाधार, विद्युतीय प्रशारण लाईनमा लगानी गर्न सकिने उनले बताए ।

विआरआईको महँगो शर्तमा विकसित देशहरुलेजसरी नेपालले ऋण लिन नसक्ने उनको भनाई छ । विआरआईको ऋण सहायता विश्व बैंक, एसियाली विकास बैंकलगायत बहुराष्ट्रिय कम्पनीहरुले सहुलियत ऋणभन्दा कममा हुनुपर्ने उनले बताए । प्रधानमन्त्रीले चीन भ्रमणमा जानुअगाडि विआरआई परियोजनालाई अनुदानमा मात्रै लिने जानकारी गराएको उल्लेख गर्दै उनले अरू विषय अहिले सोच्न आवश्यक नरहेको बताए ।

नेपालको परराष्ट्र क्षेत्रमा ओझ–बोझ र गाम्भिर्यता कम भएको टिप्पणी गर्दै उनले जसरी नेपालले छिमेकीहरुलाई महत्व दिन्छ, उनीहरुले पनि नेपालको अस्तित्व त्यसैगरी स्वीकार गर्न सक्नुपर्ने बताए । नेपालको सार्वभौम संसद्ले पारित गरेको नक्सा दुवै छिमेकी राष्ट्रले स्वीकार नगरेको भन्दै उनले आपत्ति जनाए ।

‘नेपालको परराष्ट्र क्षेत्रमा हाम्रो ओझ–बोझ र गाम्भिर्यता कम भएको छ । चुच्चे नक्सा पास गर्यौं हामीले । तर, न दक्षिणले, न त उत्तरले स्वीकार गर्यो ? कस्तो किसिमको कुटनीतिक पहल गर्यौं त हामीले ?’ उनले अघि भने,‘यस्ता भ्रमणमा हामीले ती कुराहरु दुई पक्षीय वार्तामा हाम्रो उपस्थिति अन्तराष्ट्रिय हिसाबमा उनीहरुले सम्मान गर्ने तरिकाले पनि उठाउनुपर्छ । सधैं भिख मगन्ते र सित्तैमा दिएमात्रै ल्याउने कुरा पनि होईन । त्यो हिसाबले प्रधानमन्त्रीले कुरा गर्नपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु