गायक डा. निरञ्जन पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ८ गते, सोमबार १४:१७

काठमाडौ ।गायक डा. निरञ्जन पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक भएको छ।

पन्तको शब्द तथा सङ्गीत रहेको सो गीत डा निरञ्जन पन्त नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन्।

गीतको भिडियोमा डा निरञ्जन पन्त र सृष्टि महर्जनको अभिनय रहेको छ। कृष्ण भण्डारीको निर्देशन रहेको भिडियोलाई विशाल थापाले खिचेका हुन्। गितको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन तथा रङ संयोजन गरेका छन्। भिडियोको कोरियोग्राफी सृष्टि महर्जनले गरेकी हुन् । कलाकारको मेकअप समरा जोशी गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु