पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ९ गते, मंगलवार ०८:५८

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हिजो पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो ।

बिहान ८ बजे सुरु हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् ।

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, रचना खड्का, केशवराज पाण्डे, विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ अध्यक्षको दाबेदार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु