असोज ९ गते – नेपाल डेरी एसोसिएसनको आयोजनामा ९औं विश्व स्कुल दुध दिवस असोज १० गते अर्थात सेप्टेम्बर महिनाको २७ तारिक बुधबारका दिन पर्ने अवसरमा नेपाल डेरी एसोसिएसनले २०८० असोज ९ गते राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवनको सभाहलमा भब्यताका साथ कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल डेरी एसोसिएसनको आयोजना एवं सरोकारवाला राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दूग्ध सहकारी संघ, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, रोटरी क्लब अफ कपन, परिवर्तनका लागी सौर्य समाज र एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) को सहकार्यमा विद्यालय स्थर (कक्षा ३ देखि १० सम्म) खुल्ला कविता प्रतियोगिता पूर्व मन्त्री (उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय) पम्फा भुषालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रम ‘नियमित दूध सेवन बालबालिकाको स्वस्थ जीवन’ भन्ने नाराका साथ ९औं विश्व विद्यालय दूध दिवस २०८० असोज ९ गते राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, ललितपुरको सभाहलमा भएको थियो ।
केन्द्रिय पहुपंक्षी तथा मत्स्य पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २३ वर्षदेखि विश्वभर मनाइदैं गरेको कुरा बताए । सन् २००० देखि विश्वभर एकै पटक मनाउन थालिएको हो । यस वर्ष विश्वमा २३औं र नेपालमा ९औं विश्व स्कुल दुध दिवस मनाएको छ । हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८७ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर पुर्याउनु पर्ने अनिवार्यता देखिएकोले सरोकारवालाहरु निकाय यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ। विद्यार्थीहरुलाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुनेछ । साथै विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ भन्ने कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
कार्यक्रममा प्रमूख अतिथि पूर्व मन्त्री (उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय) पम्फा भुषालज्यूले आफ्नो मन्तव्यको क्रममा कृषि क्षेत्रमा पनि दुग्ध क्षेत्रको ठूलो भुमिका रहेको र यो क्षेत्रको विकास गर्नका लागि सबै एकजुट भई लाग्नुपर्ने बेला आएको छ। साथै दुध एक पौष्टिक आहार भएकोले बालबालिकाहरुको खानामा अनिवार्य दूध सेवन गर्न आग्रह गर्नु भयो ।
विशेष अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले हालको परिस्थितिले दुग्ध क्षेत्रमा ठूलो समस्या उत्पन्न भएकोले त्यसको निकास निकाल्न सरोकार निकायहरुसंग हातेमालो गर्दै अघि बढेको कुरा बताउँदै विश्व विद्यालय दुध दिवसको अवसरमा गरिएको कार्यक्रमको सफलताको शुभकामना एवं कविता प्रतियोगितामा बाचन भएका कविताको प्रशंसा गर्नुभयो । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपाल डेरी एसोसिएसनले आयोजना गरेको ९औं विश्व स्कुल दुध दिवस कार्यक्रममा पशु सेवा विभागलाई समेत सहभागी गराएकोमा धन्यवाद दिंदै बालबालिकाको कविता प्रतियोगितामा प्रस्तुत गरेका प्रस्तुतिले अत्यन्तै मन छोएको कुरा बताए। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सुर्य प्रसाद पौडेलले आफ्नो मन्तव्य राख्ने क्रममा दुग्ध क्षेत्र एक संवेदनशिल क्षेत्र हो, यसको हितका लागि मन्त्रालय सँधै सकारात्मक रहेको र उपस्थित सबैलाई ९औं विश्व विद्यालय दुध दिवसको शुभकामना सहित यस्तै कार्यक्रमहरु गर्नाले दुग्ध क्षेत्रको बिस्तार हुने र सेवनमा समेत कुरा बताउनुभयो ।
नेपाल डेरी एसोसिएसनले नेपालमा विश्व स्कुल दूध दिवस शुरुवात गरेर नेपालमा विश्व स्कुल दुध दिवसको बारेमा सबैलाई जानकारी गराएकोमा अत्यन्तै खुशी लागेको कुरा पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल्ले बताए । वहाँलाई नेपाल डेरी एसोसिएसनले सम्मान पनि गरेको थियो। दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. संजिव झाले स्कुल दुध दिवसको सबैलाई शुभकामना दिंदै दुग्ध क्षेत्रको विकासमा दुग्ध विकास संस्थान सदैव उपभोक्तालाई सन्तुष्टि दिन लागिपरेको कुरा बताउँदै दुध तथा दुग्धजन्य वस्तुको बारेमा विद्यार्थी भाईबहिनीहरुबाट रचिएका कविता सुनेर मनै आनन्द भएको बताउँदै नेपाल डेरी एसोसिएसनले प्रशंशनिय काम गरेको बताए ।
केन्द्रिय दुग्ध सहकारी संघका महासचिव एवं राष्ट्रिय दुग्ध विकास वोर्डका सदस्य राम आचार्यले नेपालमा ९औं विश्व दुध दिवस मनाईरहंदा सबैले दुधको महत्व बुझि हरेक दिन आफ्नो खानामा दुध तथा दुग्ध पदार्थ प्रयोग गर्न आग्रह गर्दै सहभागी सबैलाई दुग्ध क्षेत्रको योगदानको स्मरण गराउँदै नेपाल डेरी एसोसिएसनको प्रमूख भुमिकालाई आभार प्रकट गर्नुभयो । यसै गरि अन्य अतिथिहरु परिवर्तनका लागि सौर्य समाजका अध्यक्ष रमिला श्रेष्ठ, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे, केन्द्रिय उपाध्यक्ष मनोज घिमिरे, दिप प्रसाद धमलाको उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक एवं एसोसिएसनका केन्द्रिय सदस्य शिव घिमिरेले स्वागत गर्दै सबैलाई स्वागत गर्नु भएको थियो । उपस्थित सबैले समग्रमा कार्यक्रम एकदम राम्रो रहेको, दुग्ध क्षेत्रको विकसमा सदैव अघि बढ्ने, बालबालिकाको बुद्धि विकासका लागि आवश्यक पौष्टिक तत्वहरु दुधमा प्रशस्त हुने भएकोले संधै सेवन गर्नु पर्ने, हालको परिस्थितिको सामाना गर्न सबै दुग्ध व्यवसायी एक हुनुपर्ने, आज भएको कविता प्रतियोगितामा प्रस्तुत भएका रचनाहरु उत्कृष्ट रहेको र अझ यस्तै किसिमका कार्यक्रमहरु गर्नुपर्ने कुराहरुमा सबैले जोड दिए ।
अन्त्यमा सभापति नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले आफ्नो मन्तव्यलाई शारांसमा नेपालमा विश्व स्कुल दुध दिवस शुरु गरेदेखि हालसम्म आएर सबैको साथ र सहयोग पाएकोमा खुशि व्यक्त गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्डले आगामी आर्थिक वर्षको बजेटमा विश्व दुध दिवस कार्यक्रमका लागि जस्तै बजेट छुट्टयाई विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु गर्न सहयोगको लागि अपिल गर्दै कविता प्रतियोगितामा सहभागि हुने विद्यालय तथा विद्यार्थी भाईबहिनीहरुलाई एवं सहभागी सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रम बालबालिकालाई दुध सेवन गराई उदघाटन गरिएको थियो भने उपस्थित सबैलाई महि र दूध जन्य पदार्थ समाबेश गरि खाजा खुवाइएको थियो । कार्यक्रममा दूध तथा जन्य पदार्थका पोस्टरहरु राखी सजाइएको थियो । बालबालिकालाई नगद, प्रमाणपत्र एवं दुग्ध जन्य पदार्थ समाबेश गरि पुरस्कार प्रदान गरिएको थियो । कृषि क्षेत्रमा योगदान पुर्याए बापत गोरखापत्र दैनिकका सुरेश यादब र अनाजका लेखराज पोखरेललाई सम्मान गरिएको थियो। नेपाल डेरी एसोसिएसनले पशु सेवा विभागका उमेश दाहाललाई बधाई पत्र प्रदान गरेको थियो । भोलि सेप्टेम्बर २७ तारिक एसोसिएसनको सिन्धुली जिल्लाले विद्यालय स्थरिय वकृत्वकला प्रतियोगिता आयोजना गर्ने जानकारी जिल्लाका अध्यक्ष बलराम अधिकारीले जानकारी गराए ।
प्रतियोगितामा करिब २० वटा स्कुलबाट ४० जना विद्यार्थी भाईबहिनीहरु सहभागी भएका थिए । सबै कविता उत्तिकै राम्रो भएपनि उत्कृष्ट ५ जना निम्नानुसार विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
१. दिव्यज्ञान स्कुलबका छात्रा एलिसा बि.क प्रथम स्थान
२. सुर्योदय माध्यामिक विद्यालयकी छात्रा प्रिन्सा कपाडी द्वितिय स्थान
३. सेन्ट जर्ज इन्टरनेशनल विद्यालयकी छात्रासलिना कार्की तृतिय स्थान
४. मेगा पब्लिक स्कुलकी छात्रा साक्षी रिमाल सान्त्वना
५. पूर्णचण्डी माध्यामिक विद्यालयकी छात्रा रुपा कार्की सान्त्वना
नेपाल डेरी एसोसिएसनले शुरु गरेको विश्व विद्यालय दूध दिवस कार्यक्रमको पछिल्ला गरिएका कार्यक्रमको छोटो जानकारी ।
पहिलो कार्यक्रम २०७२ सालमा नेपाल डेरी एसोसिएसनको आयोजनामा पाँचखालको श्री गणेश मा.विद्यालयमा विद्यालयका बालबालिकाहरुलाई दुधपान गराई कार्यक्रम गरिएको थियो । दोश्रो विश्व विद्यालय दुध दिवस २०७३ सालमा नेपाल डेरी एसोसिएसनको अगुवाईमा सरोकारवाला सबैलाई सहभागी गराई विद्यालयमा दुध तथा दुग्ध पदार्थ सेवनका लागि जनचेतना मुलक कार्यक्रम गरि भव्यताका साथ मनाईयो ।