क्यानडा – गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का लागि महिला संयोजकमा क्यानडाबाट चर्चित र लोकप्रिय गायिका देविका केसीले उम्मेदवारी घोषणा गरेकी छिन् ।
एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसी आँफै पनि सबल,सक्षम अनि अब्बल मानिन्छीन् ।हाल क्यानडालाई कर्मभूमि बनाउदै केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन ।
एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन । विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन । उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकी छन ।
गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आइसिसी सदस्य हुँदै यस अभियानमा निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय रहेकी छन ।केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन ।
लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफु उपयुक्त व्यक्ती भएकोले उम्मेदवारी दिएको बताऊछिन ।
विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफुले उम्मेद्बारी घोषणा गरेकोले महिला संयोजक पदमा आफुलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन । केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन ।