सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

हेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ११ गते, बिहीबार ०५:५२

आज – ११ आश्विन २०८० बिहिवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पदोन्नतिको सम्भावना प्रबल छ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाइको विशेष सहयोग मिल्नसक्छ । सामाजिक सद्भाव र रमाइलो यात्राको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अचल सम्पत्ति हात पर्ने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्न सक्छ । पारिवारिक प्रेम पनि बढेर जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाइनेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु