एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

एसियाली खेलकुद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ११ गते, बिहीबार ०६:४०

असोज १० गते ।
पौडी ः
हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।
महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।
पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।

बक्सिङ ः सुष्मा र भुपेन्द्र पराजित
हाङझाव एसियाडमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ बुधबार पहिलो चरणमा पराजित भइन् ।
महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्थानकी नाजम काइजाईसंग ५–० ले चुकिन् । गत वर्ष यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ ।
पुरुष ६३.५ केजीमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४–० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

महिला बास्केटबल ः नेपालको लगातार दोस्रो हार
महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको । समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हा¥यो ।
कजाखस्थान विरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान ४–४ अंक जोडे । नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे ।
समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

जुडो ः नेपालको चुनौती समाप्त
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो । पराजित भएको छ ।
जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो ।
टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।
यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि प¥यो ।
ह्यान्डबल ः नेपाल जापानसँग पराजित
महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो । नेपालका लागि आइता लोमु शेर्पाले ४, उमा राईले ३ तथा कप्तान बन्दना राई, विमला तामाङ र कल्पना ओलीले समान १–१ गोल गरे ।
पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

तेक्वान्दो ः
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे ।
पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे ।
महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन् ।
अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

उसु ः कविता ११ औं स्थानमा
उसुमा नेपालकी कविता थापा महिला जियान्सु÷कुन्सु अलराउन्डमा समग्रमा बुधबार ११ औं स्थानमा रहिन् ।
जियोसन गुआली स्पोर्ट्स सेन्टरमा कविताले जियान्सुमा ९.६३३ तथा कुन्सुमा ९.२४३ गरी जम्मा १८.८७६ अंक जोडिन् । ११ खेलाडी सहभागी कविताको स्पर्धामा चीनकी झियाओझियाओले स्वर्ण, इरानकी जाहरा कियानीले रजत र भियतनामकी भि थुइ दुवोङले कांस्य जिते ।

पुरुष क्रिकेट ः नेपालको कीर्तिमानी जित
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा कीर्तिमानी जितसहित सानदार सुरुआत गरेको छ ।
समूह ‘ए’ को लिगमा जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा नेपालले कीर्तिमानको वर्षा गर्दा मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।
नेपालले सर्वाधिक योगफल र फराकिलो जितसंगै व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनायो ।
नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा अलआउट हुनेअघि ४१ रन बनायो ।
टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाएनन् ।
ब्लिङिमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

कुशल र दीपेन्द्रले रचे कीर्तिमान
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो ।
नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान भंग गरे ।
रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।
त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ नै गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा १२ बलमा रहेको अर्धशतक बनाउने कीर्तिमान तोडे ।
७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।

स्क्वास
हाङझाव एसियाडअन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टको समूह ‘ए’ मा कतारले नेपाललाई ३–० तथा सिंगापुरले नेपाललाई ३–० को सोझो सोझो सेटमा पराजित गरे ।
महिला टिम इभेन्टको समूह ‘बी’ मा नेपाल भारत र पाकिस्तानसंग हा¥यो । नेपाल दुवै राष्ट्रसंग समान ३–० को नतिजामा पछि प¥यो ।

टेबलटेनिस ः
हाङझाव एसियाडको टेबलटेनिसको पुरुष एकलमा माल्दिभ्सका इस्माइलले नेपालका रुविन महर्जनलाई ११–६, ३–११, ११–८, ११–६ र ११–८ तथा यमनका अममद अली ओमरले नेपालका संयोग कपालीलाई ११–८, ११–७, ११–९ र ११–६ को सेटमा पराजित गरे ।
पुरुष डबल्समा नेपालका संयोग र रुविनको जोडी पाकिस्तानका साह मोहम्मद खान र फैजान जाहुरको जोडीसंग ११–८, ११–४ र ११–७ को सीधा सेटमा हारे । महिला डबल्समा उत्तर कोरियाका युसङ हाम र कुम्योङ किमको जोडीले नेपालका रुविन र सिक्क सुवाल श्रेष्ठको जोडीलाई ११–३, ११–२ र ११–३ को सेटमा पाखा लगाए ।
मिक्स डबल्समा दक्षिण कोरियाका जोङहुन लिम र युविन सिनको जोडीले नेपालका संयोग र नवीताठको जोडीमाथि ११–६, ११–३ र ११–१ को जित दर्ता गरे ।

ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी

काठमाडौँ, असोज १० गते
ग्रान्डमास्टर दिवाकार महर्जनले आठौँ डान हासिल गर्नुभएको छ । विश्वक तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परिक्षा उत्तीर्ण गर्नुभएका हो ।
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान पाउनुभएको थिया ।
उहाँले गत मार्चमा कोरियाली मार्सल आर्ट्स एसोसिएसन हाप्किदो हेडक्वाटरबाट पनि आठौँ डान प्राप्त गर्नुभएको थियो । यस अर्थमा उहाँले एकै वर्ष मार्शल आर्ट्सका दुई खेलमा आठौँ डान पदवी हासिल गर्नुभएको छ ।
महर्जनले दस वर्षअघि नै सातौँ डान उपाधि हासिल गरिसक्नुभएको थियो । सातौँ डान लिएको आठ वर्षपछि आठौँ डानको परिक्षा दिन योग्य हुने प्रावधान छ । तर कोभिडका कारण महर्जनलाई सो परिक्षा दिन थप दुई वर्ष लाग्यो । उहाँले गतवर्ष दक्षिण कोरियाका सोलमा रहको कुकिवनको केन्द्रिय कार्यालयमा गएर शारिरीक र लिखित परिक्षा दिनुभएको हो ।
तेक्वान्दोमा आठौँ डानको पदवी पाएपछि महर्जनले भन्नुभयो – म निकै खुशी छु । तेक्वान्दोमा चार दशकदेखिको लगातार मिहिनेतको फल पाएका छु । दक्षिण कोरियामा परिक्षाका लागि जाँदा आत्तिएको थिएँ । मानसिक, शारिरीक र आर्थिक रुपमा तयार हुनुपर्ने थियो । तर मिहिनेत गरेँ र अहिल सफल भएको छु ।
ग्रान्डमास्टर महर्जनले दुई दशकभन्दा बढी समयदेखि अमेरिकालाई कमर्थलो बनाउँदै आउनुभएको छ । उहाँलाई अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को परिकल्पनाकार हुनुहुन्छ । आइओएफटिसी प्र्रत्येक दुई वर्षमा आयोजना हुन्छ । यस प्रतियोगिताको विशेषता भनेको फरकफरक देशमा यसको आयोजना हो । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोसो संस्करणमा यो प्रतियोगिता फर्किन्छ । कारण यसको मुख्यालय पोर्टल्यान्डमै छ । सन् २००० मा पहिलो पटक भएको प्रतियोगिता भएको थियो । गत जेठमा मात्र आइओएफटिसीका १३ औँ संस्करण अमेरिकाको मिचिगनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु