एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

सस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ११ गते, बिहीबार ०८:१२

अष्ट्रेलिया – गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले प्रत्यासी उम्मेदवारी घोषण गरेका छन् ।

को हुन गणेश केसी ?

एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसी आँफै पनि सबल,सक्षम अनि अब्बल मानिन्छन् । विगत लामो समय देखी एनआरएनए अभियानमा सक्रिय गणेश केसी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएका छन् ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए । त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन्

२०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) २०२१-२०२३
एनआरएनए आईसीसीका उपमहासचिव हुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख बन्न उनी सफल भएका थिए । सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफुलाई एनआरएनए भित्र स्थापित गर्न सफल केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएका थिए ।

सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि उनी सफल रहे भने ।

सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडी बढाउन केसीलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए ।

त्यसैगरि उनी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल रहे ।

एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र हाल देखिदै आएको कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन् । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु