भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ११ गते, बिहीबार ०८:५५

काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिईएको छ ।

काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्बजनिक बिदा दिईएको हो ।

गत मंगलबारवाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।

जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने गर्छ । यस जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

जसअनुसार आज इन्द्रजात्राको मुख्य दिन परेको हो । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको हो । काठमाडौं महानगरका अनुसार यस वर्ष इन्द्रजात्रा अवलोकन गर्न अमेरिका, चीनसहितका देशबाट बिशेष पाहुना आएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु