काठमाडौ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा आगामी कार्यकाल २०२३–२५ का लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।
बिहिवार काठमाण्डौंमा पत्रकार सम्मेलन गरि थापाले उक्त घोषणा गर्नुभएको हो। रविना थापा हाल एनआरएनए आईसीसीको अधयक्ष हुनुहुन्छ । १० अेाें महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो।
घोषणा सभामा बोल्दै थापाले `एनआरएनए ग्लोबल फण्ड´को महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ। `म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ´ – थापाले भन्नुभयो – जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।´ एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो ।
एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाको रुपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर १ कार्यकाल काम गर्न चाहेको उहाँको भनाई छ ।
`मैले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा उल्लेखनीय काम गरेको छुँ´ – थापाले भन्नुभयो – `१ कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई जिवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा वस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण वनाईनेछ। ´
आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको ,गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको , नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाण्डौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म) , अपाङ्ग मैत्री वनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस ( Mobile Blood Bus ) शुरु गरिएको ( ३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा ) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता कार्यविवरण सुनाउँदै थापाले सवै भन्दैजाँदा ठूलो फेहरिस्त हुने वताउनुभयो।
गैर आवासीय नेपाली संघको अवको नेतृत्व समझदारी ,सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिंदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गर्नुभयो। निर्वाचनलाई भड्किलो वनाउन नहुनेमा जोड दिंदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन,एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याउनुभयो।