पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

‘माया हो’ गीतको भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १२ गते, शुक्रबार १६:४९

काठमाडौं ।गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ ।

सुरेन्द्र मल्ल ठकुरी (एसएम)को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन् । पूर्वी धनकुटामा छायाकंन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन छ ।

नेपमेलोले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ । यस गीतले समाजको पूर्वी नेपालको लिम्वु संस्कृतिको वास्तविकता बोल्छ । फरक शैलीको नयाँ गीत दर्शक माझ दिन चाहने नेपमेलोले यस पटक पनि यो भिडियोमा एउटा फरक कथा बुनेको छ । कहिले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्ने गरेको छ ।

समिर आचार्य पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । जसले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

पहिलेका गीतहरू झैँ दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेका आचार्यले यो भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु