भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

हेर्नुस् आज २०८० साल असोज १३ गते शनिबारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार ०६:१९

आज – १३ आश्विन २०८० शनिवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेको कार्यमा सफलता मिल्नेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्नु । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु