दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अधिकारीको अध्यक्षतामा नव आगमन समाज भक्तपुरको नयाँ कार्यसमिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार ८:०५

१३ असोज २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरुद्वार स्थापना गरिएको नव आगमन समाज भक्तपुरको ५ औ वार्षिक साधारण सभा तथा अधिवेशन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।

सो साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका प्रमुख शुशिलमान सिंह प्रधानले अपाङ्गता भएका बालबालिकाहरूको हक हित र अधिकारका साथै संरक्षकहरूका सवालहरूका विषयमा पनि सरकारलाई बुझाउनु पर्ने, सरकारी स्तरबाट नै सहयोग आवश्यक हुने अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्य स्तरबाट नै पुनर्स्थापना केन्द्रहरू सञ्चालन गरिनु पर्ने बताउनु भयो । साथै उहाँले बच्चाको स्याहार सुसार गर्दा गर्दै संरक्षकहरूले रोजगारीमा सहभागी हुन नपाउने, आफ्नो लागि समय छुटाउन नपाउँदा अभिभावकहरूलाई शारीरिक, मानसिक तथा अन्य विभिन्न चुनौतीहरू हुने हुँदा यस विषयमा राज्यले ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।

यसै क्रममा नव आगमन संरक्षण समाज भक्तपुरकी अध्यक्ष गोमा देवि गौतम अधिकारीले अपाङ्गता भएका सन्तानहरूलाई उनीहरूको अवस्था अनुसार २४ औ घण्टा सहयोगीको आवश्यक पर्ने, स्याहार सुसार गर्दा संरक्षक तथा अभिभावकहरूलाई आफ्नो स्वास्थ्य, आराम, मनोरञ्जन, स्वतन्त्रता लगायतका विषयमा समय उपलब्ध गराउन नसक्दा विभिन्न कठिनाइहरू हुने बताउनु भयो । साथै उहाँले संरक्षकहरूलाई आत्मबल बलियो बनाउनका लागि मानसिक तथा शारीरिक रूपले तन्दुरुस्त रहन जरुरी रहेकोले यसै संस्था मार्फत मनोपरामर्श अभ्यास सेवाका कार्यक्रम सञ्चालन गरिएको पनि बताउनु भयो ।

त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी कोषाध्यक्ष तथा अभिभावक शोभा विष्ट खतिवडाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ लाई संशोधन गरी मस्तिष्क पक्षाघात तथा पूर्ण वा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संवोधन गर्न पहल गर्नु पर्ने बताउनु भयो। साथै उहाँले मस्तिष्क पक्षाघात वा पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका शिक्षाका लागि पनि पहल गर्नु पर्ने, दक्षजनशक्ति उत्पादनका लागि राज्यसँग पहल गर्नु पर्ने बताउनु भयो ।

यस कार्यक्रममा यसै संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार शक्ति थापाले बच्चाको स्याहार र हेरचाह गर्दा गर्दै अभिभावक नै अस्वस्थ हुँदा राज्यबाट संरक्षकको स्वास्थ्य अवस्थामा सुधार हुने, आय- आर्जन लगायतका कार्यक्रमहरूमा समावेश गर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी अभिभावक तथा यसै संस्थाका सचिव लक्ष्मी बस्नेतले कुनै पनि अभिभावकहरू आफ्नो बच्चा अपाङ्गता भयो भनेर निराश हुन नहुने, अपाङ्गतालाई नकारात्मक तथा कमजोरीसँग तुलना गर्न नहुने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका छोरा छोरीका कारण नै समाजमा चिनिनुका साथै सामाजिक कार्यमा लाग्न सहज भएको पनि बताउनु भयो ।

यसै क्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह धाप खेलकी निर्देशक लुनी शाक्यले सम्पूर्ण संरक्षकहरूले अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूका साथै अभिभावको स्वास्थ्य, रोजगारी लगायतका सवाल संवोधन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका बालबालिका र अभिभावकहरूका लागि काम गर्न र संस्था मार्फत आवश्यक सहयोग गर्ने बताउनु भयो ।

उक्त नव आगमन संरक्षक समाज भक्तपुरको ५ औ साधारण सभा तथा अधिवेशनले आगामी २ वर्षका लागि गोमादेवि गौतम / अधिकारीको अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसमा उपाध्यक्षमा सुशीला मल्ल, सचिवमा लक्ष्मी बस्नेत, कोषाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ भने सदस्यहरूमा राजेन्द्र महर्जन, निर्मला रावल, माधुरी वैद्य , मिना काफ्ले / अधिकारी, अम्बिका खत्री / तिमल्सिना, ललिता न्यौपाने र अर्चना खत्री / श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

यस नव आगमन संरक्षण समाज भक्तपुरमा अहिले सम्म काठमाडौँ, भक्तपुर र ललितपुरका२ जना संरक्षकहरू सम्पर्कमा आएको आयोजकले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु