पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

राजेश हिमालयको नेतृत्वमा सामाजिक सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार १२:३०

काठमाडौं। सामाजिक सेवामा अग्रणी अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ काठमाडौं फेलोसिपले विभिन्न सामाजिक सेवा गर्दैआएको छ। यसक्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नंबर ४ नवलपुर स्थित श्रीभीमसेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालयको नेतृत्वमा गएको टोलीले विशेष सहयोग गरेको हो।

Rajesh Himalaya News 11696055283.jpg

प्रेसिडेन्ट राजेश हिमालयका अनुसार, उक्त विद्यालयका १ सय ९२ विद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीका साथमा स्कुल व्यांग वितरण गर्ने कार्य भएको छ। सहयोग वितरण कार्यक्रममा इन्द्रावती गाउँपालिकाका उपप्रमुख शोभना तामाङको प्रमुख आतिथ्यता रहेको थियो। साथमा एरिया कोर्डिनेटर गणेश वहादुर आचार्य, आयोजक लायन्स क्लव अफ काठमाडौं फेलोसिपका कोषाध्यक्ष सुशीला श्रेष्ठ, सदस्यहरु चण्डिका श्रेष्ठ, गणेश वहादुर राना, युवराज गिरीको विशेष सहभागिता रहेको थियो । त्यस्तै, लायन्स क्लव अफ काठमाडौं ग्रीनसिटीका प्रेसिडेन्ट राजेन्द्र भट्ट, लायन्स क्लव अफ काठमाडौं दिवालयका प्रेसिडेन्ट बसन्त महर्जनको विशेष आतिथ्यता थियो ।

Rajesh Himalaya News 31696055286.jpg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु