गोबिन्द राज ओझा
तिम्रो बिचारले जीवन जिउन सिकेको छु
खेतीपातीको काम सबै सिकेको छु
तिम्रो खुसीको लागि यो दुनियाँमा घुमिरहेको छु
मनमा शान्ति होस भनी मन्दिर सम्म पुर्याएको छु
मनमा भएको माया पनि चिनिन सक्छ
तिमि मेरो हौ मलाई गर्व छ।
अब तिम्रो साथमा रहनु राम्रो गनिन्छ,
संसारले मेरो खुसी देखेकोमा राम्रो हुन्छ
कस्तो चोर रै छौ दिल चोरेर लैजान्छौ
तिम्रो नजरले म तिर हेरेर बसेकी छौ।
कहिलेकाहीँ त्यो नजर खुसीले भरिएको हुन्छ
रमाइलो समयमा सधैँ साथमा हुनुपर्छ ।