आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

प्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार २०:५२

काठमाडौं। सहकारीको माध्यमवाट हरेक समस्यालाई समाधान गर्न सकिन्छ भन्ने ठूलो उदाहरण दिदैआएको प्रज्ञापारमिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको शंखरापुर नगरपालिका वडान नंबर ६ साँखु मुख्यालय रहेको प्रज्ञापारमिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १३ बार्षिक उत्सव मनाएको हो।

प्रज्ञापारमिता सहकारीले बचत तथा ऋणको मात्र कारोवार नगरिकन सदस्यहरुको हर खुशी तथा दुःखमा पनि साथ दिदैआएको खुलासा गर्दै संस्थाका संचालक समितिका सहकारी प्रणेता एवम् व्यवस्थापक बालकृष्ण श्रेष्ठले वताएका छन्। संस्थाको १३ औं बार्षिक साधारण सभामा प्रगति प्रतिवेदन पेश गर्दै व्यवस्थापक श्रेष्ठले संस्थाले बचत तथा ऋणको मात्र कारोवार नगरिकन संस्थाका सदस्यहरुको हरेक दुःख–सुखमा साथ दिदैआएको बताएका हुन्।

संस्थाका सदस्य मध्ये कसैलाई किड्नी तथा मुटुरोगको अप्रेसन देखि महिला दिदीबहिनीहरुको पाठेघरको अप्रेसन हुदासमेत नगद सहयोग प्रदान गर्ने कार्य गर्दैआएको र दूर्घटनाको कारण अप्रेशन गर्नुपरेमा तथा कालगतिले कसैको मृत्युभएमा पनि नगद सहयोग दिएर दुःखको साथी बन्दैआएको पनि संचालक श्रेष्ठ पार्दै यो बर्ष धेरैले उक्त सहयोग पाएको पनि खुलासा गरेका छन्।

संस्थाका अध्यक्ष रञ्जन श्रेष्ठको सभापतित्वमा भएको १३ औं बार्षिक साधारण सभामा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको विशेष आतिथ्यता तथा उपमेयर समिता श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष राम श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठ, आलापोट खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष शिवराम बस्नेत, प्रज्ञापारमिताका सल्लाहकार महेन्द्र श्रेष्ठ लगायतका गन्यमान्य व्यक्ति विशेषहरुले संस्थाले गर्दैआएको कार्यको दिल खोलेर तारिफ गरेका थिए।

Bal Dai News 11696081832.jpg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु