दुलहीको भेषमा नंबरी नायिकाको अब्बल निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १४ गते, आईतवार २०:४९

BY-SHYAM SMRIT

भक्तपुर । नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी नायिका मात्र नभइकन केही समययता निर्देशक पनि बनेकी छन्। नेपालभाषाका चलचित्रमा भन्दा हिजोआज धेरैजसो नेपालभाषाकै गीतका म्युजिक भिडियोमा व्यस्त नायिका खड्गी निर्देशक बनेकी हुन्।

शनिवार कलात्मक नगरी भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा दुलहीको भेषमा अभिनय गर्दैगरेकी नायिका खड्गी सोही भेषमा नै एक्सन–कट भन्दै मैदानमा उत्रेपछि शुटिङ हेरिरहेका दर्शकहरु पनि तीन छक्क अठार दंग खाएका थिए। गीतकार तथा संगीतकार भीम प्रजापति को गीत–संगीतमा गायिका निशा देसारका साथमा भीम प्रजापतिकै समेत गायन रहेको गीतमा भक्तपुर दरबार स्क्वायरमा छरेर रहेका कोरसलाई सम्हाल्ने कार्य दुलहीको भेषमा रहेकी नायिका खड्गीले गर्दैगरेकी थिइन्। साथमा छायाँकार तथा सम्पादक सोहन मानन्धरको कुशल कमाण्डिङले पनि नायिका खड्गीको निर्देशनलाई पुट दिएको थियो।

नायिका खड्गीका साथमा उक्त गीतको भिडियोमा रवि सैंजु, जयराम खड्का, निरज बैंजु लगायतका कोरसको अभिनय रहेको छ। भिडियोको कन्सेप्ट, कोरियोग्राफी तथा निर्देशनको जिम्मेवारी समेत लिएर नायिका खड्गीले आफूभित्रको ट्यालेन्ट प्रस्तुत गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु