आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

काष्ठमण्डप पुननिर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझाइयो–चाँडै काष्ठमण्डप खुल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १४ गते, आईतवार २१:१७

काठमाडौँ । काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पुननिर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आइतवार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएको हो ।

पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । २ खण्ड (‘क’ र ‘ख’) का अनुसूचीमध्ये ‘क’ खण्डमा समिति गठन सम्बन्धी पृष्ठभूमि, अवधारणा, पुननिर्माण सम्बन्धी सांगठनिक संरचना र कार्य सञ्चालन विधि, संक्षिप्त कार्य विवरण राखिएको छ । यस्तै खण्ड ‘ख’ मा आर्थिक बर्ष २०७४÷०७५ देखि आ. व. २०७९÷०८० सम्मको लेखा परीक्षण प्रतिवेदन, स्ट्रक्चर एनालाइसिस प्रतिवेदन, पुरातत्व विभागबाट स्वीकृत नक्सा, निर्माणका क्रममा तयार पारिएको नक्सालगायत कागजपत्र छन् । यस्तै मुल थाम उठाउने, झिँगटी लगाउने, मुख्य सामग्री विवरण, पूजा क्रम र अनुष्ठानको सूची, वाह्य र विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समावेश गरिएको छ ।

प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने बताएका छन् । यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । यसै क्रममा काष्ठमण्डप खुला गर्ने विषयमा छलफल हुनेछ । समितिले बुझाएको प्रतिवेदनमा स्पष्ट हुनु परे कागजपत्र माग्न सकिनेछ । छलफलका लागि अधिकारीलाई बोलाउन सकिनेछ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो ।

प्रतिवेदन बुझाउँदै काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले, महालेखा परीक्षकले औल्याएका विषयलाई मध्यनजर गर्दै आर्थिक विवरण पेश गरिएको जानकारी दिएका छन् । अध्यक्ष शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । काम भइसकेको भुक्तानी गर्न अब छत्तीस लाख छयासी लाख रुपैयाँ बाँकी छ । महानगरपालिकाले काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनु प¥यो । अध्यक्ष शाक्यले काष्ठमण्डपलाई नियमित सञ्चालन र संरक्षण गर्न, खुृल्ला गर्नका लागि काष्ठमण्डपलाई भौतिक रुपमा जिम्मेवारी स्वीकार गर्न आग्रह गरेका थिए । शाक्यको प्रस्तावपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने भनेका छन् ।

विसं.२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन बागमती प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो । २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुननिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहार्ने निर्णय ग¥यो । यसको ४ दिनपछि अर्थात ज्येष्ठ २९ गते महानगरपालिका र समिति विच पुननिर्माणका लागि सम्झौता भयो । सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरियो । त्यसपछि महानगरपालिकाले समितिलाई ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गरायो ।

स्थानीय सहभागितामा निर्माण भएको काष्ठमण्डपलाई भत्किनु पूर्वको शैली र स्वरुपमा निर्माण गरेर २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको थियो । पुननिर्माण समितिका संयोजक शाक्यले, महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई र मेयर शाक्यले तत्कालीन राष्ट्रपति भण्डारीलाई साँचो दिएपछि शिलापत्र अनावरण भएको थियो । यसपछि मूर्ति स्थापना र प्राविधिक अवस्थाको विषय उठेपछि काष्ठमण्डप समितिकै जिम्मेवारीमा थियो । काष्ठमण्डप पुननिर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु