आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

वाइसीएलको दवावपछि गोरखामा सार्वजनिक यातायातको भाडादर समायोजन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १६ गते, मंगलवार ०७:३१

गोरखा, १६ असोज । योङ कम्युनिष्ट लिग वाइसीएलको दवावपछि गोरखामा सार्वजनिक यातायातको भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीको भाडादर कायम रहेको भन्दै वाइसीएलले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिदै आएको थियो । तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

यससँगै गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ५५ पैसा दर भाडा कायम हुने भएको छ ।

नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आमगोरखाबासीहरुको एजेण्डा भएको बताए । जनपक्षिय माग पुरा गरेको भन्दै प्रशासन, यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिदै उनले भने ‘नयाँ भाडादर कायम नभए कडा सर्घषमा उत्रने तयारी हाम्रो थियो । हाम्रो मागको सुनुवाई भएको छ । नयाँ निर्धारण गरिएको भाडादर निशर्त लागू गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई आग्रह गर्छौ र जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता समेत व्यक्त गर्छौ’।

आमसर्वसाधरणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले लामो समयदेखी दबाब दिदै आएको समेत उनले बताए ।

गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायत सडकहरु कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।

सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा कच्चीकै भाडा उठाउदा समेत राज्य र प्रशासन मौन बसेसँगै प्रशासन निरीह जस्तो देखिदै आएकोमा प्रशासनको पछिल्लो कदमले प्रशासन बिहिनताको आभासबाट जनताले छुटकारा पाएको श्रेष्ठ बताउँछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु