आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

बडादशैंको साइत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १६ गते, मंगलवार १८:२३

काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ। असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ। पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए। कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ। फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ। मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ९:३५ बजे स्थिरासन गराइन्छ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ।

कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ। कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ। घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३७ बजे विसर्जन गरिने साइत छ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

विजयादशमीका दिन बिहान ९:२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ। तुलजा भवानीलाई बिहान १०: ३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ।

खड्गयात्रा पनि यसै दिन गरिने छ। यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ। त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु