दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १७ गते, बुधबार १३:२९

पश्चिम बंगाल – हस्पिटालिटी क्षेत्रमा विगत तिन दशक देखि संलग्न रहँदै बहुआयामिक चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत सम्मानित भएका छन।

भारतको पश्चिम बंगालको रोयल बंगाल मास्टर शेफ २०२३ संगठनको आयोजनामा १,२,३ अक्टोबर-२०२३ मा कोलकातामा साउथ एसियन ईन्टरनेटनेसनल कुलिनेरी आर्ट प्रतियोगितामा सेफ बस्नेतला गोल्डेन ह्याट अवार्डबाट सम्मानित गरिएको हो।

३ दिनसम्म चलेको प्रतियोगितामा भारत, बङलादेश,नेपाल, माल्दिस, मोरक्को,अमेरिका, श्रीलंका थाईल्याड, मलेसिया, ईन्डोनेसिया र पाकिस्तानको सहभागिता रहेको थियो ।
प्रतियोगितामा २ सय १० जनाको सहभागी रहेको थियो । प्रतियोगितामा १ सय २५ प्रकारको परिकारहरू बनाएको थियो ।

मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, समेतको उपयोग मार्फत खानालाई विश्व व्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता फुडगुरू सुरेश चन्द्र बस्नेत ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालको अध्यक्ष हुनुहुन्छ र बिगत तीन दशक देखि पाककलामा रचनात्मक शैली मार्फत् दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभवका साथै नेपाली खानाको विकाश र विस्तारमा हुनुहुन्छ ।

गुणस्तरीय खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान,रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रचार प्रसार गरि नेपाललाई विश्व बजार सामु चिनाउन र ग्यास्ट्रोनोमी टुरिज्म क्षेत्रमा बस्नेतको उच्च योगदानको रहदै आएको छ।

हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने सेफ बस्नेत दर्जनौं विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु