एनआरएनए मध्यपूर्व डिआरसीमा पुर्णबहादुर पोखरियाको उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १९ गते, शुक्रबार १२:१२

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपुर्व उपसंयोजकमा पुर्णबहादुर पोखरियाले उम्मेदवारी दिने घोषणा गरेका छन ।
कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा (२०२३–०२५) कार्यकालको लागि मध्यपुर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सन २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरुको हितमा आफूलाई समर्पित गरिरहेका पोखरियाले मध्यपुर्वमा हुने हरेक सामाजिक अभियानहरुमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने बताएका छन ।
‘एनआरएनएको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुमा बसेर काम गरेको अनुभवहरुलाई मध्यपुर्वको हकहितमा म हैन हामी बनेर समर्पित गर्न चाहन्छु ।मध्यपुर्वको सबै देशहरुलाई समान आँखाहरुले प्रेम र सद्धभाव गर्नेछु । हामी बसेको देश रेमिट्यान्सको मुहान हो । श्रमिकहरुको देश हो । श्रमिक र श्रमलाई प्रेमिल आँखाहरुले सम्मान गर्ने हैसियतमा पुर्‍याउने छौं । हामी सामूहिक योजना र कार्यमा विश्वास राख्नेछौँ पोखरियाले भने । मेरो उम्मेदवारीलाई मध्यपूर्वमा रहेका सबै नेपालीहरुलाई समर्थन गर्न पोखरियाले अनुरोध गरे । मध्यपुर्वका नेपालीहरुको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन । आफु सम्पुर्ण रुपले मध्यपुर्वमा रहेका नेपालीहरुको सहयात्री भएर यात्रा गर्नेछु । यो यात्रालाई सफल बनाउनको लागि मध्यपुर्वका नेपालीहरुको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै मेरो जीतलाई हाम्रो जीत बनाउन पोखरियाले अनुरोध गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु