तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चुनावी एजेन्डा सहित एनआरएनए उपाध्यक्षका प्रत्याशी केसी बेलायतमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २० गते, शनिबार ५:०१

लन्डन : एनआरएनए उपाध्यक्षका प्रत्याशी गणेश केसी हङकङ र दक्षिण कोरिया भ्रमणपछि एनआरएनए प्रतिनिधिहरुसंग आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित चुनावी प्रचारप्रसारमा शुक्रबार बेलायत पुगेका छन।

एनआरएनए अभियानमा सक्रिय भूमिका खेलेका अग्रज युकेमा रहने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र आफुलाई उपाध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन केसी लन्डन क्षेत्रको भ्रमणमा निस्केका हुन। केसीले आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन सबैसँग अपिल गरेका छन् ।

केसीलाई लण्डनमा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, सह-कोषाध्यक्ष हेम कुमार गुरुङ, एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।
बेलायत रहुन्जेल केसी एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट तथा छलफल सहित चुनावी प्रचारप्रसारमा खटिने छन् ।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।

केसीले सन् २०११/०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु