एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

विदेशमा दक्ष नेपाली वनाउने एनआरएन उपाध्यक्षका प्रत्याशी गणेश केसीको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २१ गते, आईतवार ०९:३२

काठमाडौं । नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्।

अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने वाध्यता रहेको छ। यो बाध्यतालाई दूर गर्ने र गराउने कार्यमा गैरआवासिय नेपाली संघमा लामो समयदेखि नेपाल र नेपालीको हक, हित र अधिकारको लडाई लड्दैआएका गणेश केसीले विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए ) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। अदक्ष नेपालीलाई दक्ष नेपाली वनाएर विदेशमा शान तथा गौरब बढाउने कार्यमा जोशिएर निर्वाचनमा होम्मिएका केसीले त्यसका लागि नेपालका सातै प्रदेशमा नेपालीहरुलाई दक्ष वनाउने व्यावसायिका सीप तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।

त्यसको अलावा रोजगारीको सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सवै कार्य तथा प्रकृयाको निःशुल्क परामर्श दिने देखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने योजनामा अत्यन्त क्रियाशील भएर केसी लागेका छन्। हाल गैरआवासीय नेपाली संघ ( एनआरएनए) को निर्वाचनको सिलसिलामा विभिन्न देशको दौडाहामा रहेका केसी एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार हुन्। साथै इमानदार र शालिन व्यक्तित्वको छवि छ। सबल,सक्षम अनि अब्बल पनि मानिन्छन् ।

विगत लामो समय देखी एनआरएनए अभियानमा सक्रिय केसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको दुःखसुखमा साथ दिने कार्य केसीवाट हुदैआएको छ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसी सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक सेवामा लाग्दैआएका हुन् । त्यसपछि, सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य( २०२१–२०२३एनआरएनए आईसीसीका उपमहासचिव हुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख छन्।
सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण केसीले सबैको मन जित्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफूलाई एनआरएनए भित्र स्थापित गर्न सफल केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलित एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएका थिए । सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि केसी सफल भैसकेका छन्।
यसक्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडि बढाउन केसीलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए ।


त्यसैगरी उनी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल बने । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा केसीले मातृभूमिप्रति सेवाभाव दर्शाउदै आएका छन् । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय छन् ।
लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय संघको वर्तमान उप महासचिब केसीले अष्ट्रेलियामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक समृद्धि लागि प्रयोग गर्ने बताएका छन्। केसीले आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पु¥याउने उद्देश्य राखेको जानकारी दिएका छन्। सबैसँगको सल्लाह र सुझावका आधारमा उपाध्यमा उम्मेवारी दिएको केसीले बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु