मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २१ गते, आईतवार २०:०३

काठमाडौं । संभव नेपालको आयोजनामा काठमाडौ तारर्केश्वर फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि कपिल देवकोटाको अध्यक्षयतामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल प्रहरीका निरिक्षक रामजी देवकोटाले महिला,बालबालिका र किसोरीहरु माथी हुने हिंसा कसरी रोक्न र कम गर्न सकिन्छ भन्ने बारेमा सहभागी महिलाहरुलाई सचेतना गाराउने हिसाबले उपस्ति महिला हरुलाई आफु कसरी बच्ने र कानुनी साहेता कसरी लिने र सम्भावित दुर्घटनालाई कासरि न्युनिकरण गर्न सकिन्छ भन्ने कुरा उपस्थित महिलाहरुलाई प्रष्ट पार्नु भायो । उत्त कार्यक्रम लाई नेपाल प्रहरीका असई बिनोद तामाङले सहजिकरण गरेका थिए ।

कार्यक्रमका अतिथी, सामाजिक अभियान्ता विष्णु सापकोटाले अशिक्षित, विपन्न वर्गलगायत महिला तथा बालबालिका कसरी बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका हुन्छन भन्ने विषयको जानकारी गराउनुका साथै जोखिम न्युनिकरणमा समाजको भुमिका बारे समेत जानकारी दिए । समाज रूपान्तरणमा बालबालिका सुरक्षित हुनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा बोल्दै मानव बेचबिखन तथा ओसारपसारको कार्यलाई समाजको एक जघन्य अपराधको रूपमा लिने गरेको बताए । समाज रूपान्तरणमा जव सम्म वालवालीका सुरक्षित हुदैनन तव सम्म समाज रूपान्तरण हुन नसक्ने कुरा वताउनु भयो ।

कार्यक्रममा संस्थाको उपाध्यक्ष बिष्णु धमलाले नागरीक र प्रहरी मिलेर नै समाजमा शान्ति सुक्षाको व्यवस्थालाई मजबुद बनाउने भएकाले आफुले सानो सजगता नअपनाउदा ठुलो घटना घटन जानेहुदा सजगता अपनाई सुरक्षा सम्बन्धि शंकास्पद हरेक गतिविधि निर्धक्क संग प्रहरीलाई बताउन पनि आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु