दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदेश दुग्ध विकास बोर्ड निजी डेरीको समस्या हल गर्ने प्रयास”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २२ गते, सोमबार १२:५२

काठमाडौं । ललितपुर भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सभाहलमा बागमती प्रदेश दुग्ध विकास बोर्डले निजी डेरी उद्योगीहरुसँग अन्तरक्रिया कार्यक्रम बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय मन्त्री डा.राजेन्द्रमान श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न गर्‍यो ।

कार्यक्रम प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटाको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा संजिव झा महाप्रवन्धक, दुग्ध विकास संस्थान, राजेन्द्र प्रसाद अधिकारी उप–महाप्रवन्धक दुग्ध विकास संस्थान एवं बोर्ड सदस्य, डा.गौरीमान श्रेष्ठ निर्देशक पशुपन्क्षी तथा मत्स्य बिकास निर्देशनालय, बागमती प्रदेश, श्री तेज प्रसाद दवाडी, निर्देशक कृषि बिकास निर्देशनालय, बागमती प्रदेश, निर्देशक डा.संजिता ज्ञावली प्रदेश दुग्ध विकास बोर्ड, डा. नारायण बहादुर श्रेष्ठ माननीय मन्त्रीका सल्हाकार, मन्त्रीको सचिवालय सचीव निरोजमान श्रेष्ठ, डा.बालक चौधरी राष्ट्रिय दुग्ध विकास वोर्ड, नि उपकार्यकारी निर्देशक , डा.आभास कोइराला महाशाखा प्रमुख कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, बागमती प्रदेश, प्रल्हाद दाहाल बोर्ड सदस्य एवं नेपाल डेरी एशोसियसनका अध्यक्ष, राजकुमार दाहाल बोर्ड सदस्य एवं डेरी उद्योग संघका अध्यक्ष, भागिरथ तिमिल्सिना बोर्ड सदस्य केन्द्रीय दुग्ध सहकारी संघ लिका उपाध्यक्ष, डा. रामप्रसाद प्रधान, कार्यालय प्रमुख, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ललितपुर, बाशुदेव नाथ पशु सेवा तालिम केन्द्र ललितपुर र डा. सृजा वाग्ले कार्यालय प्रमुख, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र काभ्रेको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सापकोटाले सबैलाई स्वागत गर्दै कार्यक्रमको बारे प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा प्रदेश दुग्ध बोर्डबाट तयार परिएको कार्यपत्र डा. उमेश थापा मगरले प्रस्तुत गर्नुभयो । दुग्ध विकास संस्थानले तयार पारेको कार्यपत्र दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्र अधिकारीले गर्नुभयो भने निजी डेरीहरुको तर्फबाट तयार पारिएको कार्यपत्र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतपछि उपस्थित सरोकारवालाहरु मध्येबाट केहि प्रतिनिधिहरुले कार्यपत्र मार्फत प्रस्तुत गरिएका कुराहरुमा सुझावहरु राखिएका थिए । सरोकारवालाहरुको प्रश्नको उत्तर र कार्य पत्रमाथि माननीय मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले सबैको जिज्ञासा समेटेर अहिलेको समस्या हल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौडामा रहेको पाउडर प्लान्ट कसरी चलाउने भन्ने विषयमा गहन छलफल भयो । त्यसमा केन्द्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बालक चौधरीले उपस्थिती सरोकारवालालाई जसरी भए पनि पाउडर दूध कारखाना चलाउन अनुरोध गर्नुका साथै वर्तमान समस्या, कार्यपत्रमा उठेका विषयमा प्रष्ट पार्नु भयो । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दशैं तिहार पछि मिल्क होलिडे हुने तर्फ यंकिन गर्नु भयो । मन्त्रीका सल्लहकार एवं डेरी विज्ञ डा. नारायण बाहादुर श्रेठले जसरी भए पनि पाउडर दुध कारखाना चलाउन पर्छ । यसमा सरोकारवालाहरु सबैलाई साथ दिन अनुरोध गर्नुभयो र चलाउनको लागि केही मोडालिटी प्रस्तुत गर्नुभयो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाका निर्देशक डा.गौरीमान श्रेष्ठले हालको अवस्थालाई सहज गराउन निर्देशनालय संधै यहाँहरुको साथमा रहने र दुग्ध व्यवसायमा लागेका सबै सरोकारवालाहरु मिलेर समस्याको समाधान खोजी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दुधको खपत बढाउने उदेश्यले फ्रेस मिल्क र दुग्ध पदार्थ समाबेश गरि खाजा खुवाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु