दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २२ गते, सोमबार २२:११

काठमाडौं। नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा सङ्घका निद्रेशक नरबहादुर लिम्बुले दृष्टिविहिन व्यत्तिले शव्द र स्पर्सका आधारमा जिवनयापन गर्नुपरेको बताएका छन् । उनले संघ मार्फत दृष्टिविहीन व्यक्तिहरुको शिक्षा, रोजगारका लागि वकालत गर्दै आएको बताए ।
सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा महिला तथा सामाजिक मामिला समिति प्रमुख किरण कुमार शाहले नेत्रहिन बालबालिकाको अभिभाकत्व ग्रहण गर्न आफु तयार रहेको प्रतिवद्धता जनाएका छन्।
शाहले दृष्टिविहिनलाई विगतमा केही गर्न नसक्ने भनि हेला होचो गरे पनि वर्तमानमा नेत्रहिन व्यक्तित्वहरूले उच्च शिक्षा हासिल गर्दै विभिन्न तह र तप्कामा रहेर उदाहरणीय काम गरेर देखाइरहेको बताएका छन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घका अध्यक्ष देवी आचार्यले यस संस्थाले नेत्रहिनलगायत अन्य अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक पर्दा सक्दो उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए।
श्रवण, दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरू शेर्पाले सरकारले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चत गर्नुपर्नेमा जोड दिए।
शेर्पाले अपाङ्गता भएका व्यक्तिले राज्यका लागि योगदान दिइरहेको र यस सम्वन्धि राष्ट्रिय कानुन बनाएको र अन्तर्राष्ट्रिय महासन्धीमा पनि नेपालले हस्ताक्षर गरेकोले पूर्ण सहयोगको आवश्यकता परेको व्यक्तिका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन्।
नेत्रहिन सङ्घका सल्लाहकार डा. विरेन्द्र पोखरेलले यस सङ्घको सुरूवातदेखि नै नेत्रहिन लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु