प्रदीप ढकाल ,भक्तपुर
आश्विन २३ ।भक्तपुरमा सञ्चालन भैरहेको महायज्ञमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ताथलिमा गत आश्विन ११ गतेदेखि सञ्चालन भएको महायज्ञका प्रत्यक दिन ३ हजार देखि ५ हजार भक्तजनहरुको उपस्थित हुने गरेकोआयोजकले जनाएको छ ।
त्यस्तै पछिल्लो ३ दिनदेखि महायज्ञमा ४ हजार देखि ५ हजारको हाराहारिमा भक्तजनहरुको सहभागिता रहने गरेको महायज्ञकासंकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जानकारी दिएका छन ।
ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माणको लागि सञ्चालन भएको भक्तपुर चाँगुनारायणताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सनिवार,आइतबार रसोमबार तीन दिन नै ५ हजार बढी भक्तजनहरुको सहभागीता रहेको थियो ।
महायज्ञमा चाँगुनारायण नगरपालिका,सुर्यविनायक नगरपाकिला तथा जिल्लाका अन्य स्थान तथा काठमाण्डौ र ललितपुर निवासीभक्तजनहरुको बढी सहभागिता हुने गरेको छ । छिमेकि जिल्ला काभ्रे लगायतबाट पनि सहभागि हुने गरेको छ ।
गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिकआश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।