काठमाडौंको बसन्तपुरमा सुविधा सम्पन्न होटल इडेन एण्ड स्पा संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २३ गते, मंगलवार २०:३३

काठमाडौंको ओमबहाल बसन्तपुरमा सुविधा सम्पन्न होटल ईडेन रेष्टुरेन्ट एण्ड स्पा संचालनमा आएको छ। काठमाडौंको मुटु न्युरोड बसन्तपुरमा पर्यटकीय गन्तव्य न्युरोड, ठमेल असन संगै अतिथिहरुलाई पायक पर्ने र मनोरंजन प्राप्त हुने, घुमघाम गर्न सहज र पर्यटकीय हिसाबले महत्वपुर्ण स्थानमा सेवा दिने भन्दै उक्त होटेल सन्चालनमा ल्याइएको हो I

त्यसैगरी संचालक दिल बहादुर बुढाका अनुसार होटलमा बस्नको लागि १६ वटा सुविधा सम्पन्न कोठा खानाको लागि राम्रो सिटि भ्यु सहितको रेष्टुरेन्ट एण्ड बार र स्पा सहितको होटल संचालनमा आएको हो भने एयरपोर्ट पिकअप र ड्रपअफको सुबिधा समेत रहेको बताएका छन्।

लामो समय देखि विदेशमा संसारभर नाम चलेका ५ स्टार होटलमा काम गरेको आफ्नो अनुभबलाइ स्वदेशमानै लगानी गरि मुलुकको अर्थतन्त्रलाइ मजबुत पुर्याउने उदेश्यले खोलिएको होटलमा पाउनाहरुलाइ अतिथि सत्कारमा बिसेष प्राथमिकता दिने संचालक दिल बुढा बताउछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु